Like us!
Follow us!
Connect us!
Watch us!

हनुमानढोका दरबार, स्वयम्भू, बौद्ध र पशुपतिक्षेत्रलाई पर्यटकीय हब बनाउने

कमला भुसाल

शुक्रबार, ०६ असार २०७६, ११ : ५४ मा प्रकाशित

हनुमानढोका दरबार, स्वयम्भू, बौद्ध र पशुपतिक्षेत्रलाई पर्यटकीय हब बनाउने

अर्थ संसार, काठमाडौं – काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपतिक्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्ने भएको छ । 
बिहिवार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले यस्तो बताएका हुन् । 

उनले पर्यटन प्रबद्र्धनको माध्यमबाट महानगरबासिको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, सम्बद्र्धन र बिस्तारमा जोड दिने बताउँदै नेपाल भ्रमण वर्ष २०२० को सचिवालय तथा नेपाल पर्यटन बोर्डसँग साझेदारी कार्यक्रम सञ्चालन गर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको