Like us!
Follow us!
Connect us!
Watch us!

तपाईंले चलाउने मोवाइलले दिने सुविधा सबै उपयोग गर्नु भएको छ ? के छन् फाइदा र बेफाइदा ?

शुक्रबार, २१ माघ २०७३, १२ : ३५ मा प्रकाशित

तपाईंले चलाउने मोवाइलले दिने सुविधा सबै उपयोग गर्नु भएको छ ? के छन् फाइदा र बेफाइदा ?

अर्थसंसार
काठमाडौँ – आजकल सबैको हात हातमा मोबाइल फोन देखिन्छ । सबैले विभिन्न प्रयोजनका लागि मोबाइल फोनको प्रयोग गर्छन् । जन्मिएर १ वर्ष पुगेको बच्चासमेत मोबाइल फोन हातमा पाउँदा खुशी हुन्छ  । सबैको हातमा हुने मोबाइल फोनका फाइदा तथा बेफाइदा दुवै छन् ।

के छन् मोबाइल फोनका फाइदाहरु
१. मोबाइल फोनको सहायताले सजिलै आफूले चाहेको व्यक्तिसँग सम्पर्क गर्न सकिन्छ ।
२. एक्लै बस्दा मनोरञ्जनको लागि गित सुन्न, फिल्म हेर्ने र मोबाइलमै खेल खेल्न सकिन्छ ।
३. मोबाइल फोनको सहायताले कोहीसँग गरेको कुराकानी रेकर्ड गर्न सकिनुका साथै फोटो र भिडयो पनि खिच्न सकिन्छ ।
४. मोबाइलमा रहेको ब्लुटुथको सहायताले सजिलै फोटो, भिडियो र गित अर्को मोबाइलमा सार्न सकिन्छ ।
५. मोबाइल फोनमा फोन गर्ने सुविधाको अलाबा पात्रो, अर्लाम घडी, क्यालकुलेटर, नोटबुक आदि सुविधा पाउन सकिन्छ ।
६. केही दुर्घटना भयो भने एम्बुलेन्स या पुलिसलाई फोन गरेर तुरुन्त बोलाउन सकिन्छ ।
७. मोबाइलबाट सजिलै फेसबुक, ट्विटर, भाइबर, जिमेललगायत अन्य सामाजिक संजाल चलाएर साथीभाई या आफन्तसँग कुरा गर्न सकिन्छ ।
 
मोबाइल फोनको बेफाइदा
१. मोबाइल फोन फुट्यो या हरायो भने यसमा रहेका फोटो, भिडियो, अरुको नम्बर आदि सबै चिज हराउँछ ।
२. मोबाइल फोनबाट निस्किने रेडिएशनले हाम्रो स्वास्थ्यमा समस्या देखा पर्न सक्छ ।
३. मोबाइल फोनको बढी प्रयोग गर्दा हाम्रो कान या आँखा कमजोर हुन सक्छ ।
४. गाडी चलाउँदा मोबाइल फोनको प्रयोग गर्दा दुर्घटना हुने सम्भावना बढी हुन्छ ।
५. मोबाइल फोनको प्रयोगले खर्च बढाउँछ ।
६. पढ्दै गरेका बिद्यार्थोले फेसबुकमा धेरै च्याट गर्दा, गित सुन्दा, खेल खेल्दा समय र पढाई बिग्रिने सम्भावना बढी हुन्छ ।
७. अफिसको मिटिङको समयमा या अफिसमा काम गरिरहेको बेलामा फोन आयो भने आफ्नो प्राइभेसी सार्वजनिक हुन सक्छ ।
८. दिनहुँ मोबाइल फोनको नयाँ मोडल आइरहेका हुन्छन् । साथीभाईले लिएको नयाँ मोडल किन्न नसक्दा चिन्ता बढ्न सक्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको