Like us!
Follow us!
Connect us!
Watch us!

यूनियन लाइफको प्रादेशिक कार्यालय सञ्चालनमा

कमला भुसाल

विहीबार, ०५ असार २०७६, १८ : ३२ मा प्रकाशित

यूनियन लाइफको प्रादेशिक कार्यालय सञ्चालनमा

अर्थ संसार, काठमाडौं– यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदेश नं ३ अन्तर्गतको प्रादेशिक कार्यालय काठमाण्डौंको बबरमहलमा स्थापना गरेको छ ।

बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाई, कम्पनी संचालक समितिका अध्यक्ष शुलभ अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले संयुक्त रुपमा उक्त कार्यालयको उद्घाटन गरे । 

उक्त कार्यालयबाट प्रदेश नं. ३ अन्तर्गतका शाखा तथा उपशाखा कार्यालयहरुको समन्वय एवं ब्यवस्थापनको काम गरिने ब्यवस्था गरिएको छ ।  

उद्घाटन कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको उल्लेख गर्दै आगामी दिनमा उल्लेख्य योगदान गर्न शुभकामना दिए । 

उनले देशमा बीमा ब्यावसायका लागि अनुकुल वातावरण बनाउन बीमा समिति सक्रिय भएर लागि परिरहेको बताउदै नेपालमा बीमाको कभरेज २० प्रतिशत भन्दा बढि पुग्ने अवस्था रहेको बताए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको