Like us!
Follow us!
Connect us!
Watch us!

माध्यमिक तहसम्मको शिक्षालाई नि:शुल्क

कमला भुसाल

विहीबार, ०५ असार २०७६, १६ : २० मा प्रकाशित

माध्यमिक तहसम्मको शिक्षालाई नि:शुल्क

अर्थ संसार, काठमाडौं- महानगरपालिकाले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षालाई नि:शुल्क गराउने भएको छ।महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बिहीबार प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरेका छन् ।

मेयर शाक्यले प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तार र समृद्ध महानगर निर्माणको आधारलाई साकार गर्न आगामी दुई वर्षभित्र महानगरपालिकामा प्राविधिक विद्यालय सञ्चालन गरिने बताए। 

सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको विद्युतीय माध्यमबाट रेकर्ड र रिपोर्टिंङ्ग प्रणालीको स्थापना गरी हरेक वडामा नमूना विद्यालय बनाउने बताए। 

विद्यालय शिक्षामा यस वर्ष नयाँ पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ । जसमा उपत्यकाको भाषा, सस्कृति, रहनसहन, तथा नैतिक शिक्षा समेत समावेश गरिने  उल्लेख गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको