Like us!
Follow us!
Connect us!
Watch us!

२०१९ मा अत्याधिक धेरै कमाउने १० हिन्दी चलचित्र

शनिबार, ०७ असार २०७६, २१ : १२ मा प्रकाशित

२०१९ मा अत्याधिक धेरै कमाउने १० हिन्दी चलचित्र

अर्थ संसार, काठमाडौं- भारतीय चलचित्र सबैमा आकर्षित चलचित्र मानिने गर्दछन। भारतीय चलचित्र भारतीय नागरिकले मात्र नभई नेपाली नागरिकले पनि उत्तिकै मन पराउने गर्दछन्।

यस्तै आज हामीले अत्याधिक रुचाइएका र धेरै कमाएका हिन्दी चलचित्रको बारेमा जान्न र ती चलचित्रको कमाई कति भयो भन्ने कुराको कौतुहलता जाग्न सक्छ । यस्तै अत्याधिक धेरै कमाउने १० हिन्दी चलचित्र कुन-कुन हुन् हेरौं ।  

१.युआरआइ सर्जिकल स्ट्रैक  

४५ करोडको लागतमा बनेको यो चलचित्रले ३३६ करोड रुपैयाँ कमाएको छ। यो चलचित्र ११ जनवरी २०१९ मा सार्वजनिक गरेको थियो।  

२.टोटल धमाल 

२२ फेब्रुवरी २०१९ मा सार्वजनीक गरिएको टोटल धमाल १०० करोडको लागतमा बनेको चलचित्र हो। यसले कुल २२६ करोड रुपैयाँ कमाएको छ। 

३.केशरी 

केशरी चलचित्र २१ मार्च २०१९  मा सार्वजनिक गरिएको हो।  ८० करोडको लागतमा बनेको यस चलचित्रले २०४ करोड कमाएको छ।  

४.गल्लि बोई 

गल्लि बोई ४० करोडको लागतमा बनेको चलचित्र हो। १४ फेब्रुवरी २०१९ मा सार्वजनिक गरिएको यस चलचित्रले २३७ करोड रुपैयाँ कमाएको छ। 

५.मनिकर्निका: द क्विन अफ झाँसी 

यो चलचित्र २५ जनवरी २०१९ मा सार्वजनिक गरिएको हो।  ९९ करोडको लागतमा बनेको चलचित्रले १५२ करोड कमाएको छ। 

६.लुकाछिपी 

१ मार्च २०१९ मा सार्वजनिक गरिएको लुकाछिपी चलचित्रले ११४ करोड आम्दानी गरेको छ।  यो चलचित्र २५ करोडको लागतमा बनेको हो।  

७.बदला 

बदला ८ मार्च २०१९ मा सार्वजनीक भएको चलचित्र हो। १० करोडको लागतमा बनेको यो चलचित्रले १३८ करोड रुपैयाँ आम्दानि गरेको छ। 

८.कलंक 

१५० करोडको लागतमा बनेर १४२ करोड रुपैयाँ कमाएको चलचित्र कलंक हो।  यो १७ अप्रिल २०१ मा सार्वजनिक भएको थियो।  

९.स्टुडेन्ट अफ दी एअर २ 

१० मे २०१८ मा सार्वजनिक गरिएको यस चलचित्रले ६२ करोड रुपैयाँ कमाएको छ। यो ८० लाखको लागतमा बनेको थियो । 



१०.रोमियो अकबर वाल्टर 

यस चलचित्रले ५३.३३ करोड कमाएको छ।  जसको लागत ३५ करोड थियो। यो चलचित्र ५ अप्रिल २०१९ मा सार्वजनिक भएको थियो । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको