Like us!
Follow us!
Connect us!
Watch us!

गुठी विधेयकको विरोधमा उत्रियो राजधानीमा जनसागर (फोटोफिचर)

अर्थ संसार

बुधबार, ०४ असार २०७६, १५ : १२ मा प्रकाशित

गुठी विधेयकको विरोधमा उत्रियो राजधानीमा  जनसागर  (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– गुठी विधेयक फिर्ता भए पनि गुठी विधेयकको विरोधमा बुधबार राजधानीमा विशाल जनप्रदर्शन भएको छ । राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको  थियो ।

गुठी विधेयक फिर्ता भए पनि काठमाडौं उपत्यकाका गुठियारले सरकारविरुद्धको आन्दोलन जारी राखेका छन् । गुठी विधेयकविरुद्ध संघर्ष समिति बनाएर भएको विरोध प्रदर्शनमा सरकारका मन्त्रीको राजीनामा मागिएको छ । –यालीमा सहभागीले गृह, सञ्चार र भूमि सुधारमन्त्रीको राजीनामा मागेका छन् ।

विधेयक गुठी संस्कृतिविरुद्ध भएको भन्दै गुठियार आन्दोलनमा उत्रिएका हुन् । विरोध प्रदर्शन उनीहरुको पूर्वनिर्धारित कार्यक्रम हो । चौतर्फी विरोध भएपछि सरकारले मंगलबार नै प्रस्तावित गुठी फिर्ता लिइसकेको छ ।

5d0a0ed37880d.jpg 5d0a0ed44fd84.jpg 5d0a0ed64f339.jpg 5d0a0ed68ad16.jpg 5d0a0ed982052.jpg 5d0a0ed9af82d.jpg 5d0a0edb3e349.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको