Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफको लिलामी शेयर बिहीबारदेखि बजारमा, महँगो शेयर सस्तोमा उठाउने अवसर !

अर्थ संसार

बुधबार, ०४ असार २०७६, ११ : २४ मा प्रकाशित

गुराँस लाइफको लिलामी शेयर बिहीबारदेखि बजारमा, महँगो शेयर सस्तोमा उठाउने अवसर !

अर्थ संसार, काठमाडौं–  गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेको  ३ लाख २२ हजार ५७६ कित्ता शेयर लिलामीमा खुला हुने भएको छ । 

बिहीबारदेखि बिक्री खुला हुने लिलामी शेयरमा संस्थापक  तफको २ लाख ४० हजार ५७१ कित्ता र सर्वसाधारण  तर्फको ८२ हजार ५ कित्ता सेयर लिलामी गर्न लागेको हो । लगानीकर्ताले असार १२ गतेसम्म बोलपत्र पेश गर्ने पाइनेछ ।
 
संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ताका लागि अवेदन दिन सकिनेछ । अधिकतम १० अंकले भाग जाने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । संस्थापक सेयरको हकमा भने लिलामी खुला रहेको मितिसम्म कायम संस्थापक सेयरधनी मात्र आवेदन दिन योग्य रहनेछन् ।

स्थानीय बासिन्दालाई हिमाल दोलखा हाइड्रोपावरको आइपीओ, छुटाउनु होला मौकाको फाइदा ?

कम्पनीले गत चैत २८ गतेदेखि जेठ १ गतेसम्म २ः१ अनुपातमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर अहिले लिलामी गर्न लागेको हो । त्यसबेला कुल २९ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा २६ लाख ४७ हजार ४२४ कित्ताका लागि मात्र आवेदन परेको थियो ।यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेको छ ।

कहाँबाट आवेदन दिने ?

यस कम्पनीको लिलामी शेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताले लक्ष्मी बैंकको बिर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, वीरगञ्ज, बाग्लुङ, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ । यसैगरी, लक्ष्मी क्यापिटल मार्केट, नयाँ बनेश्वर, काठमाडौंबाट पनि बोलपत्र बुझाउन सकिनेछ ।

दोस्रो शेयर बजारमा  गुराँस लाइफ इन्स्योरेन्सको प्रकित्तिा ५ सय रुपैयाँमा कारोबा भैरहेको छ । यस लिलामी शेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले दोस्रो बजारको भन्दा कम मूल्यमा आवेदन दिन सक्नुहुनेछ । यो लिलामी शेयरमा आवेदन दिदा लगानीकर्ताले तत्कालै फाइदा कमाउन सक्नेछन् ।

5d09cd2b8afa2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको