Like us!
Follow us!
Connect us!
Watch us!

काङ्ग्रेसद्वारा १८३ जनालाई कारवाही

अर्थ संसार

बुधबार, ०४ असार २०७६, ११ : ०१ मा प्रकाशित

काङ्ग्रेसद्वारा १८३ जनालाई कारवाही

अर्थ संसार, काठमाडौं– नेपाली काङ्ग्रेसले विसं २०७४ मा सम्पन्न तीनै तहका निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्धको गतिविधिमा संलग्न विभिन्न जिल्लाका १८३ जनालाई कारवाही गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बनेका र निजका प्रस्तावक एवम समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका, नेता तथा कार्यकर्तालाई विधानतहः कारवाही गरेको हो ।

साथै बैठकले उक्त निर्णयबमोजिम त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका सबै तहका नेता तथा कार्यकर्तालाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएको समितिका संयोजक भीष्मराज आङ्देम्बेले जानकारी दिनुभयो ।

समितिले त्यस्ता गतिविधिमा संलग्न भएकाको नामावली हालसम्म केन्द्रीय अनुशासन समितिमा पठाउन बाँकी जिल्लालाई निर्देशन दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको