Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकै धनी व्यक्ति को हुन् जान्न चाहनुहुन्छ ?

कमला भुसाल

सोमबार, ०२ असार २०७६, १४ : १४ मा प्रकाशित

विश्वकै धनी व्यक्ति को हुन् जान्न चाहनुहुन्छ ?

अर्थ संसार, काठमाडौं- चाहना कसको नहोला र ? बिलिनियर जस्तो जीवन जिउने । अरबौं, खरबौं रुपैयाँ कमाएर धनाड्य जीवन बिताउने।  झ्वाट्ट सुन्दा यो हावादारी कुरा जस्तो लाग्न सक्ला तर यो सम्भव भएको छ। हो..आज त्यस्ता बिलिनियर जीवन जिउन सफल भएका १० व्यक्तिहरुको बारेमा केही जानकारी गराउँदै छौं। हेरौं ती व्यक्तिहरु को हुन्। 

१. जेफ बेजोस 
जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् । उनी अमेरिकन विजनेशम्यान, इन्भेष्टर, फिलियान्थ्रोपिष्ट हुन् । यस सँगै उनी एमाजोनका फाउण्डर/मालिक हुन् । एमाजोन ई–कमर्स कम्पनी हो । एमाजोन वेवसाइट मार्फत संसारको जुनसुकै स्थानबाट पनि एमाजोनका प्रोडक्टहरु खरिद गर्न सकिनेछ । यीनको नेटवर्थ १४२ दशमलव ४ विलियन डलर रहेको छ ।

२. बिल गेट्स 
बिल गेट्स एक प्रसिद्ध नाम हो । जो विश्वकै धनी व्यक्तिको दोस्रो नम्बरमा कहलाएका छन् । उनी अमेरिकन विजनेश म्याग्नेट, इन्भेष्टर, स्पिकर र फिलियान्थ्रोपिष्ट ह्युमनटेरीयन हुन् । उनी माइक्रोसफ्टका फाउण्डर पनि हुन् । जति पनि हाम्रो कम्प्युटमा विन्डोजहरु छन् माइक्रोसफ्टकै हुने गर्दछ । बिल गेट्सको नेटवर्थ ९६ दशमलव ४ विलियन युएस डलर रहेको छ । गत वर्ष बिल गेट्स विश्वकै सबैभन्दा धनी व्यक्ति भएका थिए ।

३. वारन बफेट
वारन बफेट विश्वकै धनी व्यक्ति अन्तरर्गत तेस्रो नम्बरमा छानिएका व्यक्ति हुन् । उनी अमेरिकन विजनेश म्याग्नेट, इन्भेष्टर, स्पिकर र फिलियान्थ्रोपिष्ट हुन् । यस सँगै उनी बर्कशेयर हाथवेका सिइओ पनि हुन् । उनी शेयर मार्केटका गुरुका रुपमा एक उदाहरणीय व्यक्ति हुन् । उनलाई शेयर मार्केटका गुरुका रुपमा चिन्ने गरेका छन् । वारन बफेटको नेटवर्थ ८४ दशमलव ३ विलियन डलर रहेको छ ।

४. बर्नाड आरनल्ट
विश्वकै धनी अन्तरर्गत चौथो नम्बरमा पर्ने व्यक्ति हुन् बर्नाड आरनल्ट । उनी फ्रेन्च विजनेश म्याग्नेट, इन्भेष्टर र आर्ट कलेक्टर हुन् । त्यस्तै एलभिएमएच लग्जरी गुड्स कम्पनीका चिफ अफिसर पनि हुन् । उनको नेटवर्थ ७३ दशमलव ७ विलियन डलर रहेको छ ।

५. कार्लोस स्लिम
कार्लोस स्लिम म्यासिकन विजनेश म्याग्नेट हुन् । उनी विश्वकै धनी व्यक्ति अन्तरर्गत पाँचौ नम्बरमा पर्दछन् । कार्लोस इन्जीनियर, इन्भेष्टर र फिलियान्थ्रोपिष्ट पनि हुन् । यीनको नेटवर्थ ६४ दशमलव ६ विलियन डलर रहेको छ ।

६. एमेन्सिओ अर्टेगा
एमेन्सिओ अर्टेगा स्पेनिस विजनेशनेसम्यान हुन् । जो विश्वकै धनी व्यक्ति अन्तरर्गत छैटौं नम्बरमा पर्दछन् । उनी इन्डिटेक्स फेशन गु्रपका मालिक हुन् । यीनको नेटवर्थ ६३ दशमलव ८ विलियन डलर रहेको छ ।

७. मार्क जुकरबर्ग
त्यस्तै विश्वकै धनी व्यक्तिमध्ये सातौं नम्बरमा मार्क जुकरबर्ग पर्दछन् । उनी अमेरिकन इन्टरप्रेनर एण्ड फियान्थ्रोपिष्ट हुन् । जुकरबर्ग फेसबुकका फाउण्डर हुन् । हामिले प्रयोग गरिने फेसबुक, ह्वाट्स एप, इन्स्टाग्राममध्ये फेसबुक बनाउने जुकरबर्ग नै हुन् । ह्वाट्स एप, इन्स्टाग्राम भने उनले किनेका हुन् । उनी यी एप्सका मालिक हुन् । जुकरबर्गको नेटवर्थ ६२ दशमलव ५ विलियन डलर रहेको छ ।

८. ल्यारी एलिसन  
ल्यारी एलिसन संसारकै आठौं नम्बरमा पर्ने धनी व्यक्ति हुन। उनी अमेरिकन विजनेशम्यान एण्ड फियान्थ्रोपिष्ट हुन् । यस सँगै उनी ओर्याकल कर्पोरेशनका को–फाउण्डर पनि हुन् । उनको नेटवर्थ ६१ दशमलव १ विलियन डलर रहेको छ ।

९. लारी पेज
त्यस्तै लारी पेज धनी व्यक्तिमध्ये नौ नम्बरमा पर्ने व्यक्ति हुन् । यिनले सर्गे सँग मिलेर गुगल बनाउने काम गरे । लारी पनि अमेरिकन कम्प्युटर साइन्टीस्ट एण्ड इन्टरनेट इन्टरप्रेनर हुन् । उनी गुगलका सिइओ हुन् ।  यीनको नेटवर्थ ५१ दशमलव ८ विलियन डलर रहेको छ ।

१०. सर्गे ब्रेन 
संसारको सबैभन्दा धनी अन्तरर्गत १० नम्बरमा पर्ने व्यक्ति सर्गे ब्रेन हुन् । उनी अमेरिकन कम्प्युटर साइन्टीस्ट एण्ड इन्टरनेट इन्टरप्रेनर हुन् । सर्गे गुगल इन्टरेटको ५० प्रतिशतका मालिक हुन् । सर्गे र उनका साथि लारी पेज मिलेर गुगल बनाएका हुन् । यीनकोे नेटवर्थ ५० दशमलव ६ विलियन डलर रहेको छ ।

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको