Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्समा २३ जनालाई रोजगारीको अवसर

विहीबार, २० माघ २०७३, १२ : ३५ मा प्रकाशित

शिखर इन्स्योरेन्समा २३ जनालाई रोजगारीको अवसर

अर्थसंसार

काठमाडौँ – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई दर्जनभन्दा बढी कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले कर्पोरेट अफिसमा अफिसर र एसिस्टेन्ट गरी २३ जनाको लागि निवेदन खुल्ला गरेको छ । यस्तै  विभिन्न शाखा कार्यालयहरुका लागि केही अफिसर र एसिस्टेन्टको माग पनि कम्पनीले गरेको छ । 

अफिसरको लागि स्नातक गरेको र एसिस्टेन्टको लागि प्रवेशिका तह उत्तिर्ण गरेको हुनुपर्ने जानकारी कम्पनीले दिएको छ । 

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले फागुन १९ गतेसम्म निवेदन दिन सक्नेछन् । आफ्नो व्यक्तिगत विवरणसहित, निवेदन, नागरिकता, शैक्षिण प्रमाणपत्र र काम गरेको अनुभव [email protected] मा पठाउन सक्नेछन् । 

5892e18f711f4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको