Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरिमा नगरस्तरीय अस्पतालको शिलान्यास

आइतबार, ०१ असार २०७६, १३ : २५ मा प्रकाशित

चन्द्रागिरिमा नगरस्तरीय अस्पतालको शिलान्यास

अर्थ संसार, काठमाडौं- ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको चन्द्रागिरिमा नगरस्तरीय सामुदायिक अस्पताल निर्माण हुने भएको छ ।

चन्द्रागिरि नगरपालिकाको रु एक करोड र प्रदेश नं ३ सरकारको रु एक करोडको लगानीमा चन्द्रागिरि नगरपालिका–८ मातातीर्थमा उक्त सामुदायिक अस्पताल निर्माण हुनलागेको हो ।

सो नगरस्तरीय अस्पतालको शनिबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गर्नुभयो ।
कार्यक्रममा नेता नेपालले चन्द्रागिरि क्षेत्रका बिरामीलाई सेवा प्रदान गर्न उक्त अस्पतालले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “चन्द्रागिरिका जनतालाई मात्र नभएर धादिङका जनतालाई समेत अस्पतालले स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

नगरप्रमुख घनश्याम गिरीले संविधानले प्रदान गरेको जनताले पाउनुपर्ने स्वास्थ्यसेवाको अधिकारलाई पूरा गर्न अस्पतालले सहयोग पुग्ने बताउनुभयो ।१५ देखि २५ श्ययासहित निर्माण हुने उक्त अस्पताल साँढे तीनतले हुनेछ । प्रदेश सरकार र नगरपालिकाबाट नपुगेको रकम चन्द्रागिरि नगरपालिका–८ ले व्यहोर्ने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताउनुभयो ।
 एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण हुनलागेको अस्पतालमा वार्षिक एक लाखभन्दा बढीले सेवा पाउने नगरपालिकाले जनाएको छ । चन्द्रागिरि नगरपालिका क्षेत्रफलका आधारमा प्रदेश नं ३ कै सबैभन्दा ठूलो नगरपालिका हो ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको