Like us!
Follow us!
Connect us!
Watch us!

भायनेटको नयाँ शाखा अब ईटहरीमा

अर्थ संसार

शुक्रबार, ३१ जेठ २०७६, १३ : २९ मा प्रकाशित

भायनेटको नयाँ शाखा अब ईटहरीमा

अर्थ संसार, काठमाडौं– नेपालको अग्रणी इन्टरनेट र टि.भी. सेवा प्रदायक भायनेट कम्युनिकेसनले बिहीबारदेखि  आफ्नो नयाँशाखा ईटहरीमा संचालन गरेको छ । नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले आफ्नो १४ औं शाखा नमुना चोक, ईटहरीमाखोलेको छ ।

विगत १९ वर्षदेखि भायनेटले विश्वसनीय र बजेट किफायती ब्रोड–ब्याण्ड सेवा प्रदान गर्दै आएको छ । सन्२०११ मा भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स सेवा अर्थात FTTH इन्टरनेट सेवा सुचारु गरेको थियो । सन्२०१६ मा भायनेटले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय टि.भी. सेवा प्रदान गर्नको निमित्त ८० भन्दा बढी ज्म् च्यानल सहित २३० वटा च्यानल भएको NETTV सँग साझेदारी गरेको थियो ।

आजको समयमा भायनेट सन्तुष्ट ग्राहकहरु भएको र उत्कृष्ट सेवा प्रदान गर्ने इन्टरनेट प्रदायकको रुपमा चिनिन्छ । १५० भन्दा बढी कर्मचारी रहेको कल सेन्टर मार्फत भायनेटले ३६५ दिन नै २४ सैं घण्टा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

सेवा प्रदान गर्ने उद्देश्य बोकेको भायनेटले ग्राहकहरुको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइल एप्प्रदान गर्दै आएको छ । यस अन्तर्गत ग्राहकहरुले सजिलैसँग इन्टरनेट सेवाको प्रबंधन, निगरानी र सर्पोट सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको