Like us!
Follow us!
Connect us!
Watch us!

असारे विकासः हतारको काम लतारपतार

कमला भुसाल

शुक्रबार, ३१ जेठ २०७६, १२ : २७ मा प्रकाशित

असारे विकासः हतारको काम लतारपतार

कमला भुसाल 

अर्थ संसार, काठमाडौं– असार मसान्त आउन लागेपछि हतारमा काम सुरु गरेका निर्माण व्यवसायीले पानी, धुलो तथा माटोमाथि नै सडक कालोपत्रे गरेका छन् ।

उपत्यका भित्रको पेप्सिकोला काँडाघारी सडक समयमै निर्माण हुन नसक्दा स्थानीयले सास्ति खेप्नुपरेको छ । वर्षौँदेखि निर्माण कार्य अलपत्र रहेको पेप्सिकोला काँडाघारी सडकमा अहिले काम सकाउन भ्याई नभ्याई भएको छ । 

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित काँडाघारीचोक देखि प्रहरी चौकी सम्मको सडक खण्डको भने वर्षैँ लागेर कालोपत्रे कार्य सम्पन्न भएको छ । अब भने बिरेन्द्र चोक देखि फोर्श पार्कसम्मको सडक भने कालोपत्रे हुन बाँकी रहेको छ ।

काठमाडौंका धेरै स्थानमा अहिले बाटो पिच भइरहेका छन् ।  हतारको बेलामा लतार पतार भनेजस्तै उपत्यकामा नै सडकमा गुणस्तरहीन कालोपत्रे गरेको देखिएको छ।

निर्माण व्यवसायीले गुणस्तरहीन काम गर्दा सडक डिभिजन कार्यालय भने अनुगमन गर्न नसकेको स्थानियले गुनासो पोख्ने गरेका छन् । उपत्यकाका सडक चौडा, स्तरोन्नति र मर्मतको नाममा खाल्डाखुल्डी र हिलाम्मे सडकमाथि निर्माण कम्पनीले गुणस्तरहीन कालोपत्रे गरेको स्थानीयबासि होम नेपालले बताउँछन् । 

आर्थिक वर्ष सकिन लाग्दा सडक डिभिजन कार्यालय र निर्माण व्यवसायीको मिलेमतोमा गुणस्तरहीन काम भएको स्थानीयको आरोप छ ।
 

5d0342420903b.jpg 5d034242124ad.jpg 5d0342423c558.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको