Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ र लक्ष्मी बैंकले सेबोनमा दिए निवेदन

अर्थ संसार

शुक्रबार, ३१ जेठ २०७६, ११ : ४७ मा प्रकाशित

सिद्धार्थ  र लक्ष्मी बैंकले सेबोनमा दिए निवेदन

अर्थ संसार, काठमाडौं–  सिद्धार्थ बैंक र लक्ष्मी बैंकले ऋणपत्र जारी गर्नको लागि सेबोनमा निवेदन दिएका छन् । सिद्धार्थ बैंकले जेठ २० गते र लक्ष्मी बैंकले जेठ २१ गते निवेदन दिएका हुन् ।

सिद्धार्थ बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सम्मको लागि २५ लाख कित्ता ऋणपत्र जारी गर्न सेबोनमा निवेदन दिएको हो । जसमध्ये १५ लाख कित्ता सर्वसाधारणको लागि र १० लाख कित्ता व्यक्तिगत संघ संस्थाको लागि निष्कासन गर्नेछ । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

लक्ष्मी बैंकले १० प्रतिशत ब्याजदरमा २०८६ सम्मको लागि २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । २० लाख कित्तामध्ये बैंकले ८ लाख कित्ता सर्वसाधारणको लागि र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत संघ संस्थालाई विक्री गर्नेछ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको