Like us!
Follow us!
Connect us!
Watch us!

लिची खानुहुन्छ ? यस्ता छन् गर्मि मौसममा लिचीका फाइदा

कमला भुसाल

बुधबार, २९ जेठ २०७६, १७ : ५६ मा प्रकाशित

लिची खानुहुन्छ ? यस्ता छन् गर्मि मौसममा लिचीका फाइदा

अर्थ संसार, काठमाडौं- हरेक मौसममा नयाँ नयाँ फलफुल तथा तरकारी पाइने गर्दछन। अहिलेको मौसम भनेको गर्मि मौसम हो जुन समयमा शरीरलाई पानीको आवश्यकता संगै फलफूलको आवश्यकता बढी पर्दछ।  मानव शरीरलाई मौसम अनुसारको फलफुल निकै आवश्यकता पर्दछ। त्यस्तै अहिलेको सिजन भनेको विशेषगरि लिची र आँप पाउने सिजन हो। यीमध्ये हेर्नुहोस लिचीका  फाइदा 

लिचिमा इम्यूनिटी पावर बढी हुन्छ।
लिची मानव शरीरको लागि लाभदायक फल हो। लिची अथवा लिचिको जुस सेवन गर्दा शरीरको प्रतिरक्षा शक्ति बढ्नेछ। लिचीमा बीटा क्यारोटिन, नाइकेसिइन, रिब्बोभ्लिन र फोलोट धेरै छन्। यसले गर्दा शरीरको प्रतिरक्षा प्रणालीमा सुधार गर्न सहयोग पुग्दछ।

पाचन प्रणालीमा सुधार 
लिचीको सेवनले  उल्टी, पेटको खराबी, अल्सर र जस्ता समस्याहरुको समाधान गर्नेछ ।

शरीरमा पानीको कमी हुन् पाउँदैन। लिचीमा आवश्यक मात्रामा पानि भएको हुनाले लिची खाँदा शरीरमा पानीको कमी हुन्  पाउँदैन। 

रक्तचाप नियन्त्रण
लिचीमा  धेरै पोटेशियम र सोडियम  भएको हुनाले लिची खाँदा रक्तचाप पनि नियन्त्रण हुन्छ ।

तौल नियन्त्रण 
लिचीले तौल नियन्त्रण गर्न मदद गर्दछ। हरेक दिन बिहान लिची खाँदा यसले तौल नियन्त्रणपनि गर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको