Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाडौं लुम्बिनीको नाफा ६० करोड

बुधबार, १९ माघ २०७३, १३ : ५९ मा प्रकाशित

बैंक अफ काठमाडौं लुम्बिनीको नाफा ६० करोड

अर्थ संसार

काठमाडौं–बैंक अफ काठमाण्डु लुम्बिनीले पुस मसान्तसम्म ६० करोडभन्दा बढी नाफा गरेको छ । बैंक अफ काठमाडौंले लुम्बिनी बैंक गाभेपछि यति नाफा गरेको हो । तत्कालीन बैंक अफ काठमाडौले गत बर्षको यही अबधिमा ३२ करोड ९१ लाख खुद नाफा गरेको थियो ।

दुवै बैंक गाभिएपछि बैंकको नाफा ८७ प्रतिशतले बृद्धि भएको हो । बैंकको प्रति सेयर आम्दानी २१.३७ रपैयाँ, निस्क्रिय कर्जा १.५१ प्रतिशत, बैंकको पूँजीकोष १३, कर्जा पूँजी निक्षेप अनुपात ७८ र स्प्रेड दर ३.९१ छ ।

यस अबधिमा बैंकको चुक्तापूँजी ५ अर्ब ६२ करोड, जगेडा कोष २ अर्ब ७५ करोड छ । बैंकले यस अबधिमा निक्षेप ७० अर्ब र कर्जा लगानी ६२ अर्ब गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको