Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंकले सन नेपाल लाइफको बीमाा पोलिसी बिक्री गर्ने

कमला भुसाल

बुधबार, २९ जेठ २०७६, ११ : ०५ मा प्रकाशित

ग्लोबल आईएमई बैंकले सन नेपाल लाइफको बीमाा पोलिसी बिक्री गर्ने

अर्थ संसार, काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आईएमई बैंकबीच बैकास्योरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मुख्यबजार विकास प्रवद्र्धक राजु के.सी. र ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रवन्धक आरती राणाले हस्ताक्षर गरे ।

यस सम्झौता अन्र्तगत ग्लोबल आईएमई बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।, 

उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको