Like us!
Follow us!
Connect us!
Watch us!

जनउत्थानको २ लाख ८८ हजार कित्ता हकप्रद शेयर आउँदै

कमला भुसाल

सोमबार, २७ जेठ २०७६, ११ : ५६ मा प्रकाशित

जनउत्थानको २ लाख ८८ हजार कित्ता हकप्रद शेयर आउँदै

अर्थ संसार, काठमाडौं- जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले २ लाख ८८ हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको छ। संस्थाले आगामी असार १२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले उक्त शेयर बिक्री गर्न लागेको हो। 

लगानीकर्ताले यस शेयरमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ । असार १ गतेसम्म कायम सेयरधनीले यो हकप्रद भर्न सक्नेछन् । 

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तिय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको