Like us!
Follow us!
Connect us!
Watch us!

कसरी जान्ने ७ दिनमा अरुको देशको भाषा ? यस्ता छन् उपाय

मंगलबार, १८ माघ २०७३, १७ : २८ मा प्रकाशित

कसरी जान्ने ७ दिनमा अरुको देशको भाषा ? यस्ता छन् उपाय

अर्थसंसार
काठमाडौँ– के तपाई विदेश जाने योजनामा हुनुहुन्छ ? देशमै बसेर विदेशीको गाइड बन्न चाहानुहुन्छ ? अरुको भाषा सिकेर दक्ष्य बन्न चाहनुहुन्छ ?

तपाईंलाई हामी ७ दिनमै अरुको भाषा सिक्ने केही उपाय सिकाउँदै छौं ।
१. पहिले आफूले किन भाषा पढ्ने भन्ने कुरामा ध्यान दिन जरुरी छ । आफ्नो उद्देश्य तय गरिसकेपछि दैनिक रुटिन बनाएर भाषा पढ्नाले छिटो सिक्न सकिन्छ ।
२. आफूले पढ्ने भाषाका शब्दहरु लेखेर भित्तामा टास्नाले पनि छिटो भाषा जान्न सकिन्छ ।
३. आफूजस्तै भाषा पढ्ने साथी खोजेर प्रतिस्पर्धा गर्नाले पनि भाषा छिटो सिक्न सकिन्छ ।
४. तपाई जुन भाषा सिक्दै हुनुहुन्छ, त्यही भाषाको फिल्म हेर्ने, गित सुन्ने, किताव पढ्ने गर्नाले पनि छिटै भाषा जान्न सकिन्छ ।
५. आफूले पहिले जानेको भाषा र अहिले सिक्दै गरेको भाषामा तुलना गरेर पढ्दा पनि भाषा छिटो सिक्न सकिन्छ ।
६. आफूले सिक्न चाहेको भाषासँग सम्बन्धित एपहरु मोवाइलमा डाउलोड गरेर पढ्दा पनि भाषा छिटो सिक्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको