Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लद्युवित्तको आइपीओ बाँडफाँड, ६२ हजार ९९३ जनाले पाए १० कित्ता शेयर

बुधबार, २२ जेठ २०७६, ११ : ५५ मा प्रकाशित

इन्फिनिटी लद्युवित्तको आइपीओ बाँडफाँड, ६२ हजार ९९३ जनाले पाए १० कित्ता शेयर

अर्थ संसार, काठमाडौं– इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले निश्कास गरेको साधारण शेयर (आइपीओ) बुधबार सिभिल क्यापिटलको कार्यालयमा बाँडफाँड भएको छ ।

तपाईलाई इन्फिनिटीको आइपीओ पर्यो कि परेन ? सजिलोसँग यसरी हेर्नुहोस् 

बिक्री प्रबन्धक सिभिल क्यापिटलको अनुसार ६२ हजार ९ सय ९३ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् । यो आइपीओमा ३ लाख २९ हजार ७९ जनाले ६९ लाख २९ हजार ९१० कित्ताका लागि रीतपूर्वक आवेदन दिएका थिए । ६२७ जनाको १७ हजार २४० कित्ता आवेदन भने रद्द भएको छ ।

 
इन्फिनिटीले कुल ६ लाख ४० हजार ३०० कित्ता शेयर बिक्री खुला गरेको थियो । १० हजार ३७० कित्ता शेयर कर्मचारीलाई छुट्याइएको छ ।

बाँकी ६ लाख २९ हजार ९३० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका हुन् । कम्पनीले कुल ६ लाख ७४ हजार कित्ता सेयरमध्ये ३३ हजार ७०० कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरी बाँकी रहेको शेयर कर्मचारी र सर्वसाधारणलाई बिक्री गरेको थियो ।

5cf765a937ffd.jpg 5cf765af85aff.jpg 5cf765b505521.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको