Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकले गर्ने भयो बुम रेमिटको भुक्तानी

मंगलबार, १८ माघ २०७३, १४ : १३ मा प्रकाशित

गरिमा विकास बैंकले गर्ने भयो बुम रेमिटको भुक्तानी

अर्थ संसार
काठमाडौं–गरिमा विकास बैंकले बुम रेमिट्यान्समार्फत आएको रकम आफ्ना शाखामा भुक्तानी गर्ने भएको छ । गरिमा र बुमबीच रेमिटान्स भुक्तानी सम्झौता भएको छ । यस सम्झौतापछि नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम गरिमाका ३७ वटा शाखामार्फत भुक्तानी हुने छ ।

सम्झौतापत्रमा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र बुम रेमिट्यान्सका प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे । गरिमा विकास बैंकले छिट्टै आफ्ना शाखाको संख्या ४९ वटा पुर्याउने जनाएको छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४ हजार वटाभन्दा बढी प्रतिनिधि रहेको विज्ञप्तिमा जनाइएको छ ।

बुम रेमिट्यान्सले माल्दिभ्स र खाडी मुलुकहरुबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । चाडै मलेसिया, कोरिया, जापान, क्यानाडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको