Like us!
Follow us!
Connect us!
Watch us!

त्रिवेणीको नाफा दोब्बर, ६ महिनामा कमायो ११ करोड

मंगलबार, १८ माघ २०७३, १२ : ५१ मा प्रकाशित

त्रिवेणीको नाफा दोब्बर, ६ महिनामा कमायो ११ करोड

अर्थ संसार

काठमाडौं–त्रिवेणी विकास बैंकले पुस मसान्तसम्म गत बर्षको तुलनामा दोब्बर नाफा गरेको छ । बैंकले यस अबधिमा ११ करोड १५ लाख ९४ हजार रुपैंया खुद नाफा गरेको वित्तीय विवरण सार्बजनिक गरेको छ ।  त्रिवेणीले गत वर्षको यही अबधिका ५ करोड ५४ लाख २४ हजार रुपैंया खुद नाफा गरेको थियो । 

बैंकको यस अबधिमा चुक्ता पूँजी समेत ८२ करोड १५ हजार रुपैंयाबाट बढेर १ अर्ब ३५ करोड १९ हजार रुपैंया पुगेको छ । बैंकको निस्क्रिय कर्जा भने बढेर २.५९ प्रतिशत भएको छ ।

यस अबधिमा कर्जा निक्षेप अनुपात ७८.९५ प्रतिशत, प्रतिसेयर आम्दानी १६३  रुपैंया प्रति सेयर कुल सम्पत्ती ९३३.६४ रुपैंया, प्रति सेयर नेटवर्थ ११९.५७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.९३ प्रतिशत छ । त्रिवेणी बैंकले जनता बैंकसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ । दुवै बैंकको स्वाप रेसियो १ बराबर १ तोकिएको छ । 

यो पनि पढ्नुहोस्

कुनकुन ५८ कम्पनीले धितोपत्र बोर्डमा दर्ता गरे बोनस सेयर (सूचीसहित) 

यस बर्ष १० कम्पनीले गरे सेयर निस्कासन, कुनको कति ? 

माथिल्लो सोलु खोलालाई जुट्यो लगानी, ६ बैंकले २ अर्ब २८ करोड लगानी गर्ने 

क्यान इन्फोटले अढाइ लाखले हेरे, आज अन्तिम दिन

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको