Like us!
Follow us!
Connect us!
Watch us!

हेल्थ फर लाइफमा एकै पटक ९७ जनालाई रोजगारीको अवसर

मंगलबार, १८ माघ २०७३, १२ : ११ मा प्रकाशित

हेल्थ फर लाइफमा एकै पटक ९७ जनालाई रोजगारीको अवसर

अथैसंसार
काठमाडौँ –  महाभूकम्पले अत्यन्त प्रभावित १४ मध्ये १० जिल्लाहरुको स्वास्थ्य सुधारका लागि हेल्थ फर लाइफले ९७ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । 

हेल्थ फर लाइफले सिन्धुपाल्चोकमा १० जना,  दोलखामा ६ जना,  नुवाकोटमा ८ जना,  गोरखामा ५ जना, रसुवामा ६ जना, रामेछापमा ७ जना, काभ्रेमा १२ जना, सिन्धुलीमा १५ जना, मकवानपुरमा १४ जना र धादिङमा १४ जनाको लागि विकास सहायक पदमा स्थानीय कर्मचारीको माग गरेको छ ।  

प्रवीणता प्रमाणपत्र तह र सीएमए/एएचडब्लु /अनमी उतीर्ण गरी सरकारी वा गैह्र सरकारी स्वास्थ्य प्रणालीमा कम्तीमा १ वर्षको अनुभव भएका व्यक्तिले निवेदन दिन सक्नेछन् ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आफ्नो व्यक्तिगत विवरण फारमसहित, १ प्रति पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्र, सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्र हेल्थ फर नेपालको ३ क्षेत्रीय कार्यलयमध्ये कुनै एक ठाउँमा बुझाउन सक्नेछन् ।

 आवेदन दिने अन्तिम मिति फाल्गुन ३ गतेसम्म रहेको जानकारी कार्यालयले दिएको छ । व्यक्तिगत विवरणको फारम www.rollingplans.np/health मा डाउनलोड गर्न सकिनेछ । 
 

यो पनि पढ्नुहोस्

कुनकुन ५८ कम्पनीले धितोपत्र बोर्डमा दर्ता गरे बोनस सेयर (सूचीसहित) 

यस बर्ष १० कम्पनीले गरे सेयर निस्कासन, कुनको कति ? 

माथिल्लो सोलु खोलालाई जुट्यो लगानी, ६ बैंकले २ अर्ब २८ करोड लगानी गर्ने 

क्यान इन्फोटले अढाइ लाखले हेरे, आज अन्तिम दिन

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको