Like us!
Follow us!
Connect us!
Watch us!
रेवत बहादुर कार्कीले गरे उद्घाटन, नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष ढकालले दिए आवेदन

बजारमा पहिलो पटक खुलामुखी म्युचुअल फण्डको आवेदन खुला, यस्ता छन विशेषता

सोमबार, २० जेठ २०७६, १० : ०४ मा प्रकाशित

बजारमा पहिलो पटक खुलामुखी म्युचुअल फण्डको आवेदन खुला, यस्ता छन विशेषता

अर्थ संसार, काठमाडौं– ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजना  आइतबारदेखि खुल्ला भएको छ । पुँजी बजारको पहिलो ‘एनआईबिएल सहभागिता फण्ड’ नाम खुलामुखी योजनाको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले गरेका थिए ।

कम्पनीका अध्यक्ष सचिन टिवेडेवालको उपस्थितिमा भएको खुलामुखी योजनामा नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष तुलसी राम ढकालले सि–आस्वा अन्र्तगत मेरो शेयरबाट आवेदन  दिएका छन् ।

यस खुलामुखी योजना बमोजिम जम्मा ५०  करोड रुपैयाँ बराबरको ५ करोड इकाईको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएकोमा पहिलो चरणमा १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २५ लाख इकाई सर्वसाधारणहरुमा जारी गरिने तथा ७ करोड ५० लाख रुपैयाँ  बराबरको ७५ लाख इकाई नेपाल इन्भेष्टमेण्ट बैंक र एनआईबिएल यस क्यापिटलले बिज पूँजीको रुपमा खरिद गर्नेछन् ।

यस योजनमा लगानी गर्न इच्छुक आवेदनकहरुले आवेदन गर्दा न्यूनतम् १०० र बढीमा २ लाख ५० हजार इकाईका लागि प्रति इकाई रु १० का दरले भुक्तानी गरी आवेदन दिन सक्नेछन् ।

आवेदन दिनका लागि देशका सम्पूर्ण ७५ जिल्लामामा फैलिएका आस्वा सेवामा सहभागि बैक तथा वित्तीय संस्थाहरु तथा सिडएसीको मेरो शेयरबाट समेत दिन सकिने निश्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

यो खुलामुखी योजना छिटोमा जेठ २२ गतेसम्म  र ढिलोमा असार १६ गतेसम्म खुला हुनेछ ।
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको तेस्रो योजनाको रुपमा रहेको यस योजना सामूहिक लगानी कोष नियमावली २०६७ र सामुहिक लगानी कोष निर्देशका २०६९ जारी भए पश्चात निश्कासन गरिएको पहिलो खुलामुखी योजना हो ।

यस योजनाले नेपाल स्टक एक्सचेन्ज (नेप्से)  मा सूचिकृत भएका धितोपत्रहरु (सार्वजनिक निश्कासन समेत) तथा मुद्धती निक्षेपमा लगानी गर्नेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत लिई अन्य क्षेत्रहरुमा समेत लगानी गर्न सक्नेछ । हाल जारी भएका इकाईहरु बाँडफाँड भएको मितिले तीन महिनापछि खरिद बिक्रीका लागि खुल्ला गरिनेछ ।

यस्तो खरिद बिक्रीका लागि इकाईधनीहरुले एनआईबिएल एस क्यापिटल लिमिटेड, लाभाजिम्पाट तथा शाखा कार्यालयहरु, नेपाल इन्भेष्टमेण्ड बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरु तथा अन्य तोकिएका वितरण केन्द्रहरुबाट गर्न सकिनेछ ।

 यस खुलामुखी योजना नेपाल इन्भेष्टमेण्ट बैंकको पूर्ण स्वामित्वमा रहेको  मर्चेन्ट बैकिङ्ग  तथा सामुहिक लगानी कोष व्यवस्थापनमा अग्रणी स्थानमा रहेको एनआईबिएल एस  क्यापिटलले आफ्नै निश्कासन तथा बिक्री प्रबन्धकत्व र योजना व्यवस्थापनमा संचालनमा ल्याएको हो ।

5cf39a00085a4.jpg 5cf39a0409eb5.jpg 5cf39a0a2636d.jpg 5cf39a0f1a2ea.jpg 5cf39a10d4ece.jpg 5cf39a158d4f9.jpg 5cf39a187942a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको