Like us!
Follow us!
Connect us!
Watch us!
एकै दिन ४७ हजार जना प्रदर्शनी स्थलमा

क्यान ईन्फोटेक अढाइ लाखले हेरे, आज अन्तिम दिन

मंगलबार, १८ माघ २०७३, ११ : ५४ मा प्रकाशित

क्यान ईन्फोटेक अढाइ लाखले हेरे, आज अन्तिम दिन


अर्थ संसार
काठमाडौं–राजधानीको भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान ईन्फोटेक’ मा सोमबार एकै दिन ४७ हजार ३ सय २७ जनाले अवलोकन गरेका छन् । मेलाको ५ दिनसम्म २ लाख ५४ हजार ३ सय ८५ जनाले अवलोकन गरिसकेका आयोजक क्यान महासंघले जनाएको छ ।

इन्फोटेकमा सहभागी कम्पनी तथा डिष्ट्रिब्युसनहरुले ब्रान्डिङका साथै प्रोडक्ट सेल्स र सर्भिसमा ध्यान केन्द्रीत गरेको आयोजकको भनाइ छ  मेलामा आउने उपभोक्ताका लागि उपहार र अफरहरु सार्वजनिक गर्ने क्रम जारी छ । कतिपय कम्पनीहरुले अघिल्लो दिनहरुका भन्दा भारी छुट तथा आकर्षक अफरहरु घोषणा गरेको क्यान महासंघले जनाएको छ ।

सबैभन्दा बढी उपभोक्ताको आकर्षण स्मार्टफोन कम्पनी, इन्टरनेट सेवाप्रदायक र नेटवर्किङ प्रडक्टका स्टल देखिएको क्यान महासंघका महासचिव विश्वराम बलामीले बताए ।

डिजिटल टिभी, स्मार्ट टिभी, ल्यापटप, प्रिन्टर तथा कम्प्युटर एसेसोरिजहरुमा पनि कम्पनीहरुले आकर्षक अफर घोषणा गरेका छन् । इन्फोटेकको शीर्ष प्रायोजक सुबिसुले प्रदर्शनीमा ल्याएको इन्टरनेट र क्लियर टिभीको जम्बो अफरमा अवलोकनकर्ता केन्द्रीत देखिएका छन् ।

सुबिसले ७ हजार ९ सय ९९ रुपैयाँमा टिभी र इन्टरनेटको अफर ल्याएको छ । त्यसैगरी एशोसिएट स्पोन्सर सामसुङले इन्फोटेकमा ६ जिबी र्याम भएको सी ९ प्रो, ग्यालेक्सी अन सेभेन प्रो र जे २ एस मोबाइलको पनि विशेष छुटसहित प्रदर्शनी गरिरहेको छ । यी नयाँ स्मार्टफोनबाहेक जे फाइभ, जे सेभेनलगायतका स्मार्ट मोडल पनि छुटमा उपलब्ध गराइएको छ । यसैगरी हुवावे र लेनोभोले स्मार्टफोनमा ४० प्रतिशतसम्म छुट दिइरहेको छ ।

संसारकै सानो मोबाइल, पावरबैंकबाट चल्ने टिभी, इलेक्ट्रोनिक स्कुटरले इन्फोटेकको माहोललाई अझै आकर्षण बनाएको छ ।इन्फोटेकमा साओमी, इनफोकस, जोप्पो, सोनी, ओप्पो, मेइजु, विनिकर्न, माइक्रोम्याक्स, लिएगोलगायतका स्मार्टफोनमा अवलोकनकर्तालाई भारी छुट दिइरहेको क्यान महासंघले जनाएको छ ।

मोबाइलबाहेक राउटर, प्रिन्टर, ल्यापटफ प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, एन्टिभाइरसहरु, मेमोरी कार्ड, पेनड्राइभमा समेत विभिन्न छुट र अफर दिइएको छ । नेटिस राउटर र डिजिकमले प्रडक्टमा छुट र उपहार दिनुका साथै रिसेलर अफर पनि सार्वजनिक गरेका छन् ।

क्यान महासंघले सोमबार बिजनेश डे घोषणा गरेको थियो । यस अवसरमा बिजनेश हाउसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्षरुपमा बिजनेश डिल गरेका थिए ।
 
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी १५८ कम्पनीका २२२ स्टल छन । मेलाको आज अन्तिम दिन हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको