Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो सोलु खोलालाई जुट्यो लगानी, ६ बैंकले २ अर्ब २८ करोड लगानी गर्ने

मंगलबार, १८ माघ २०७३, ११ : ५२ मा प्रकाशित

माथिल्लो सोलु खोलालाई जुट्यो लगानी, ६ बैंकले २ अर्ब २८ करोड लगानी गर्ने

अर्थ संसार

काठमाडौँ– माथिल्लो सोलुखोला जलविद्युत् आयोजनाले लगानी जुटाएको छ । एनएमबि बैंकको नेतृत्वमा विभिन्न ६ वटा बैंक तथा वित्तीय संस्थाले उक्त आयोजनामा लगानी गर्ने सम्झौता गरेका छन्। 

बेनी खोला पावर प्रोजेक्टले बनाउन लागेको १८ मेगावाटको आयोजनामा बैंकहरुले २ अर्ब २८ करोड लगानी गर्ने भएका छन् । आयोजनाको लागत ३ अर्ब २६ करोड रुपैयाँ हुने छ । बाँकी ९८ करोड संस्थापकको सेयर लगानी हुने छ । 

उक्त आयोजनामा एनएमबिसहित नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, विभोर सोसाइटी डेभलपमेन्ट बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीले लगानी गर्ने भएका छन् । आयोजनामा लगानी गर्ने सम्बन्धि सम्झौतामा सोमवार एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र  परियोजनाका अध्यक्ष पिबी शेर्पाले हस्ताक्षर गरे।   

सोलुखुम्बुको बेनीमा बन्ने नदी प्रवाहमा आधारित आयोजना २०७६ माघ १ गते सम्पन्न गर्ने गरी लक्ष छ । आयोजनाबाट उत्पादित विद्युत खरिदविक्री गर्न नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भइसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको