Like us!
Follow us!
Connect us!
Watch us!

यस बर्ष १० कम्पनीले गरे सेयर निस्कासन, कुनको कति ?

मंगलबार, १८ माघ २०७३, ११ : ०४ मा प्रकाशित

यस बर्ष १० कम्पनीले गरे सेयर निस्कासन, कुनको कति ?


अर्थ संसार
काठमाडौं–चालु आर्थिक बर्षमा १० वटा कम्पनीले साधारण सेयर निस्काशन गरेका छन् । त्यसरी सेयर जारी गर्नेमा जलविद्युत कम्पनी धेरै छन् । नेपाल धितोपत्र बोर्डका अनुसार विभिन्न ६ वटा जलविद्युत कम्पनीले बोर्डबाट साधारण सेयर जारी गर्न अनुमति पाएका थिए । त्यसपछि दुई वटा माइक्रोफाइनास, एउटा बीमा कम्पनी र एउटा बाणिज्य बैंकले साधारण सेयर जारी गर्ने अनुमति पाएका हुन् ।

यस बर्ष युनाइटेड मोदी, अरुण काबेली, नेपाल हाइड्रो डेभलपर, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, हिमालयन पावर पार्टनर, छ्याङखी हाइड्रोपावर, नेपाल एसबिआइ बैंक, समता माइक्रोफाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स फवार्ड कम्युनिटी माइक्रोफाइनान्सले साधारण सेयर निस्कासन गरेका हुन् ।

बोर्डबाट अनुमति पाएका अधिकांशले सर्बसाधारणमा सेयर निस्कासन गरिसकेका छन् । नेपाल लाइफ इन्स्योरेन्स र नेपाल एसबिआइ बैंकले  साधारण सेयरधनीको अनुपात बढाउन फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गरेका हुन् ।

युनाइटेड मोदी, सिनर्जी, हिमालयन पावर  र छ्याङदी हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर निस्कासन गरेका हुन् ।अरुण काबेलीसहित दुई माइक्रोफाइनान्सले भने सबै लगानीकर्ताहरुका लागि सेयर निस्कासन गरेका थिए ।

58901febdabed.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको