Like us!
Follow us!
Connect us!
Watch us!

क्यान महासंघको आयोजनामा आइसिटी कन्फरेन्स

सोमबार, १७ माघ २०७३, १४ : ४० मा प्रकाशित

क्यान महासंघको आयोजनामा आइसिटी कन्फरेन्स


अर्थ संसार
काठमाडौं–क्यान महासंघको आयोजनामा काठमाडौस्थित होटल सोल्टीमा १७ औं आइसिटी कन्फेरेन्स सुरु भएको छ । इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी फर सस्टेनेवल डेभलपमेन्ट  विषयक सम्मेलनकोसूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले उद्घाटन गरे ।

त्यसअवसरमा मन्त्री कार्कीले पर्यावरणको विनाशबिनै देशको विकास गर्न आइसिटी महत्वपूर्ण साधन हुने बताए । नेपालको विकास प्रक्रियामा रणनीति र योजना बनाउँदा आइसिटीको भूमिकालाई अनिवार्य पार्न राज्य तयार रहेको उनले जानकारी दिए । स्वदेशमा आइसिटी उद्यमशीलता तयार पार्न के के गर्न सकिन्छ, त्यसको खाका तयार पार्न क्यान महासंघसँग सहकार्य गर्न आफू तयार रहेको उनको भनाइ थियो ।

‘यहाँ आइसिटी बेग्लै कुरा र विकास प्रक्रिया बेग्लै कुरा हो भन्ने बुझाई छ । कतिपय अवस्थामा आइसिटीप्रति अविश्वास पनि छ । विश्वले यही आइसिटीलाई हतियार बनाएर धेरै असम्भव चिजलाई सम्भव बनाइसक्यो । अब हामीले चाहेर पनि आइसिटीको प्रयोगलाई नकार्न सक्दैनौं,’ मन्त्री कार्कीले भने । उनले सूचना विभागलाई सूचना भण्डारणको केन्द्र बनाउन आफूहरु लागेको बताउदै चाँडै हुलाक कार्यालयलाई सूचना केन्द्रमा रुपान्तरण गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कन्फेरेन्समा बोल्दै क्यान महासंघका अध्यक्ष विनोद ढकालले ई–नेपाल बनाउन सरकारी साथ आफूहरुलाई चाहिएको धारणा राखे । सरकारसँग कुनै भिजन नभएका कारण सूचना र सञ्चार प्रविधि क्षेत्रले फड्को मार्न नसकेको उनको भनाइ थियो । क्यान महासंघले नेपालको दिगो विकासमा सूचना र सञ्चार प्रविधिलाई अवलम्बन गर्न र ई–नेपाल बनाउन राज्यलाई जस्तोसुकै अवस्थामा पनि साथ र सहयोग उपलब्ध गराउने उनले बताए ।

कन्फरेन्समा दिगो विकासका लागि स्मार्ट कृषि, स्मार्ट स्वास्थ्य, स्मार्ट शिक्षा, स्मार्ट पर्यटन र स्मार्ट स्वास्थ्यमा राष्ट्रिय एवं अन्तराष्ट्रिय क्षेत्रका विषय विज्ञहरुले कार्यपत्र पेश गर्ने कार्यक्रम छ । विभिन्न राजनीतिक दलका सभासदबीच प्यानल डिस्कसनसमेत गराइने कार्यक्रम छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको