Like us!
Follow us!
Connect us!
Watch us!

फेसबुकमा राखेको फोटोको लाइक कसरी बढाउने ?

आइतबार, १६ माघ २०७३, १५ : ०२ मा प्रकाशित

फेसबुकमा राखेको फोटोको लाइक कसरी बढाउने ?

अर्थसंसार

काठमाडौँ – के तपार्इं आफ्नो फेसबुकमा राखेको प्रोफाइल फोटोमा धेरै लाइक बढाउन चाहानुहुन्छ ? फोसबुकको प्रोफाइल फोटोमा धेरै लाइक बढाउन निम्न लिखित उपायहरु अपनाउन सकिन्छ । 

१. तपाईले कुन समयमा आफ्नो प्रोफाइल फोटो अपलोड गर्नुहुन्छ ? फोटोमा धेरै लाइक बढाउनको लागि फोटो अपलोड गर्ने समयमा ध्यान दिन जरुरी छ । कहिल्यै पनि आफ्नो फोटो बिहानै या अबेर राति अपलोड गर्नुहुँदैन । साँझको समयमा फोटो अपलोड गर्दा धेरै लाइक आउने सम्भावना हुन्छ । 

२. फोटो राखेपछि साथीहरुलाई ट्याग गर्नाले पनि धेरै लाइक बढाउन सकिन्छ । 

३. फोटो अपलोड गरेको ३० मिनेटसम्म केही लाइक या कमेन्ट आएन भने त्यो फोटोलाई डिलेट गरेर केही समयपछि अपलोड गर्दा धेरै लाइक आउन सक्छ । 

४.यदि तपाईं आफ्नो फोटोमा धेरै लाइक बढाउन चाहानुहुन्छ भने साथीको फोटो या स्टाटसमा पनि लाइक वा कमेन्ट गर्न जरुरी छ । 

५. जुन ठाउँबाट फोटो अपलोड गर्नुहुन्छ त्यो ठाउँको नाम राख्नाले पनि फेसबुकमा धेरै लाइक बढाउन सकिन्छ । 

६. कुनै नयाँ ठाउँको भ्रमणमा जानुभएको छ भने आफ्नो साथीलाई के तिमीले म घुम्न गएको फोटो देख्यौ ? भनेर सोध्न सक्नुहुन्छ । जसले गर्दा साथीले तपाईंको फोटो हेरी लाइक गर्न सक्छन् । 

७. कुनै फेसबुक पेज या समुहमा तपाई आफ्नो प्रोफाइल फोटोको लिंक राखेर पनि धेरै लाइक बढाउन सक्नुहुन्छ । 

८. आफ्नो फोटोसहित ह्यासट्याग (#) को प्रयोग गर्नाले पनि फोटोमा धेरै लाइक बढाउन सकिन्छ ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको