Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटीमण्डपमा शैक्षिक मेला, विद्यार्थीहरूको भीड [तस्बिरहरु]

शुक्रबार, १० जेठ २०७६, १८ : २९ मा प्रकाशित

भृकुटीमण्डपमा शैक्षिक मेला, विद्यार्थीहरूको भीड [तस्बिरहरु]

अर्थ संसार, काठमाडौं–  राजधानीको भृकुटीमण्डलमा ‘छैटौं कान्तिपुर हिसान एडुफेयर–२०१९’  भैरहेको छ ।  ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आयोजना गरेको हो ।

मेलामा ५० भन्दाबढी कलेजहरुको सहभागिता रहेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले शैक्षिक मेलाको आयोजना गरेका हुन।

एसईई, कक्षा ११ र १२ को परीक्षा दिएर बसेका तथा विश्वविद्यालय पढ्ने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेलाको आयोजना गरिएको हो । 
मेलामा   विद्यार्थीहरूको भीड लागेको छ भने परामर्श दिनका निम्ति कलेजका सञ्चालक, प्रिन्सिपल, शिक्षक, प्रतिनिधि, स्वयंसेवक विद्यार्थीलाई पनि  भ्याइनभ्याइ देखिन्छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीबाट काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मेलाको उद्घाटन बिहिबार गर्नु भएको थियो ।मेला आगामी आइतबारसम्म चल्नेछ ।

5ce7ea5b5d08e.jpg 5ce7ea62e4ec0.jpg 5ce7ea6633ab6.jpg 5ce7ea6e1db00.jpg 5ce7ea6f3f010.jpg 5ce7ea6feaab3.jpg 5ce7ea71da610.jpg 5ce7ea72729b5.jpg 5ce7ea73cdbcb.jpg 5ce7ea876f417.jpg 5ce7ea87b269e.jpg 5ce7ea8a87d0b.jpg 5ce7ea8b027c5.jpg 5ce7ea94b5ece.jpg 5ce7ea9574224.jpg 5ce7ea99dad69.jpg 5ce7ea9a82467.jpg 5ce7ea9b52c23.jpg 5ce7ea9c29aeb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको