Like us!
Follow us!
Connect us!
Watch us!

बेरोजगारहरुका लागि खुशीको खबर ! दुई विकास बैंक र एक लघुवित्त वित्तीय संस्थामा जागिरको अवसर

कमला भुसाल

बुधबार, ०८ जेठ २०७६, १३ : ३३ मा प्रकाशित

बेरोजगारहरुका लागि खुशीको खबर ! दुई विकास बैंक र एक लघुवित्त वित्तीय संस्थामा जागिरको अवसर

अर्थ संसार, काठमाडौं- के तपाईं बेरोजगार हुनुहुन्छ ? यदि तपाईं रोजगारीको खोजीमा हुनुहुन्छ ? बैंक तथा लघुवित्त वित्तीय संस्थामा जागिर खान इच्छुक व्यक्तिहरुका लागि दूई विकास बैंक र एक लघुवित्त वित्तीय संस्थाले  कर्मचारी माग गरेका छन्। 

गुराँस लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले व्यवस्थापन प्रशिक्षार्थी पदमा र सुपरभाइजर वरिष्ठ सहायक / सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले जेठ १६ गते सम्म आवेदन दिनसक्नेछन् । अन्य जानकारीका लागि भ्याकेन्सी नोटिसमा हेर्नुहोस्। 

त्यसैगरी कैलाश विकास बैंकले पनि रिलेशनशिप अफिसरका (असिस्टेन्ट,सिनियर असिस्टेन्ट, सुपरभाईजर र जुनियर अफिसर)का लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । अन्य जानकारीका लागि भ्याकेन्सी नोटिसमा हेर्नुहोस। 

लुम्बिनी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले रिक्स म्यानेजमेन्ट डिपार्टका लागि केही र सुपर भाईजर लेभलका लागि केही कर्मचारीको माग गरेको हो । अन्य जानकारीका लागि भ्याकेन्सी नोटिसमा हेर्नुहोस। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको