Like us!
Follow us!
Connect us!
Watch us!

हुवावेमाथि लगाइएको प्रतिबन्ध तीन महिनाका लागि छुट किन ?

कमला भुसाल

बुधबार, ०८ जेठ २०७६, १३ : २० मा प्रकाशित

हुवावेमाथि लगाइएको प्रतिबन्ध तीन महिनाका लागि छुट किन ?

अर्थ संसार,काठमाडौं- अमेरिकाले चिनीयाँ दुरसञ्चार कम्पनी हुवावेमाथि लगाइएको प्रतिबन्धमा ९० दिन (तीन महिना) सम्म छुट दिने निर्णय लिएको छ। अमेरिकाले ठूलो समस्यालाई रोक्नका लागि हुवावेलाई समय दिन आवश्यक रहेको भन्दै यस्तो निर्णय लिइएको बताएको छ ।

अमेरिकाले राष्ट्रिय सुुरक्षाको कारण देखाउँदै गत हप्ता मात्र हुवावेलाई एनटिटी सूचीमा राखिदिएको थियो । जसअनुसार, हुवावेले अमेरिकी सरकारको लाइसेन्स बिना त्यहाँको कम्पनीबाट आवश्यक पार्टपूर्जा र प्रविधि किन्न पाउने छैन ।

अमेरिकी वाणिज्य सचिव विल्बर रोसका अनुसार, हुवावेलाई छुट दिएमा उसको उकरणमा निर्भर अमेरिकी र अन्य देशका कम्पनीहरूलाई लामो अवधिको निर्णय लिनसक्ने समय प्राप्त हुनेछ । यसबाट हुवावेको मोबाइल फोन प्रयोगकर्ताहरू पनि तत्कालका लागि चिन्तित हुन पर्दैन ।

हुवावे विश्वको सबैभन्दा ठूलो दुरसञ्चार उपकरण निर्माता र दोस्रो ठूलो स्मार्टफोन बेच्ने कम्पनीको रुपमा रहेको छ । उसले कयौँ प्रविधि र उपकरण अमेरिकी कम्पनीबाट किन्दै आइरहेको छ ।

तर अमेरिकाले केही समय पहिलेदेखि नै चीनले हुवावेको उपकरणहरूका माध्यमबाट जासुसी गर्न सक्ने आरोप लगाउँदै आएको छ । उसले आफ्ना सहयोगी देशहरूलाई पनि हुवावेलाई वहिष्कार गर्नका लागि आग्रह गर्दै आइरहेको थियो । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको