Like us!
Follow us!
Connect us!
Watch us!

कम्युनिटी डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का, यस्तो छ कारण

कमला भुसाल

बुधबार, ०८ जेठ २०७६, १३ : ०१ मा प्रकाशित

कम्युनिटी डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का, यस्तो छ कारण

अर्थ संसार, काठमाडौं- तीन विकास बैंकहरु बीच एकीकृत कारोबार हुने भएको छ। यस अघि नै मर्जर सम्झौतामा रहेका मिसन डेभलपमेन्ट बैक र तिनाउ विकास बैंक एक आपसमा गाभिएपछि बन्ने तिनाउ मिसन डेभलपमेन्ट बैंकसँग नेपाल कम्युनिटी डेभलपमेन्ट बैक पनि गाभिने भएको हो। उक्त बैंकहरु गाभ्ने र गाभिने तथा प्राप्ती विनियमावली बमोजिम जेठ ७ गते मंगलबार सम्झौता भएको हो ।

मर्जर प्रकृयामा सहभागि हुने भएपछि नेपाल कम्युनिटी डेभलपमेन्ट बैकको पनि आज जेठ ८ गते बुधबार देखि कारोबार रोक्का गरिएको छ । तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकले गाभ्ने र गाभिने तथा प्राप्ती विनियमावली बमोजिम हस्ताक्षर गरेपश्चात दुबै बैंकको चैत ४ गते देखि शेयर कारोबार भएको छैन।

हाल मिसनको ५७ करोड ६४ लाख, तिनाउको ५६ करोड ७७ लाख र नेपाल कम्युनिटीको ५३ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी कायम छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको