Like us!
Follow us!
Connect us!
Watch us!

चोरीका मोटरसाइकल बरामद, दुई जना पक्राउ

कमला भुसाल

बुधबार, ०८ जेठ २०७६, १२ : १९ मा प्रकाशित

चोरीका मोटरसाइकल बरामद, दुई जना पक्राउ

अर्थ संसार, बेत्रावती- नगरप्रहरी चौकी कोलनीले पछिल्लो तीन महीनामा नौ थान चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्लाको विभिन्न स्थान र काठमाडौँबाट हराएका नौ थान मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई बुझाएको नगर प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक राजु लामिछानेले जानकारी दिए ।

उनका अनुसार आठ थान मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको छ भने एक थान धनी यकिन हुन नसक्दा प्रहरी चौकीमा थन्किएको छ । प्रहरी कार्यालयले नियन्त्रणमा लिएका मोटरसाइकल अधिकांश काठमाडौंबाट र केही जिल्लाको शहरी क्षेत्रबाट चोरी भएका छन् ।

चोरीको मोटरसाइकलसहित संलग्न रहेको आशङ्कामा दुई व्यक्तिसमेत पक्राउ गरिएको प्रहरी इञ्चार्ज लामिछानेले जानकारी दिए । ती व्यक्ति चोरी भएको मोटरसाइकलमा सवार रहेको अवस्थामा समातिएका थिए । “चोरीको मोटरसाइकलको अधिकांशका सवारी नम्बर र रङ परिवर्तन गरेर चलाउने गरेको अवस्थामा बरामद गरिएको छ”, उनले भने, “सम्बन्धित धनी र स्थानीयवासीले सहयोग पु¥याएमा चोरी नियन्त्रण र अपराधमा न्यूनीकरण सफलता मिल्नेछ ।”

सीमा जोडिएको र ग्रामीण क्षेत्रमा लुकीछिपी चलाउन सहज हुने हुँदा काठमाडौँमा हराएका धेरै मोटरसाइकलको गन्तव्य नुवाकोट हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । केही समयअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जिल्लाका सुरक्षाकर्मीको सहयोगमा सञ्चालन गरेको तीन दिनसम्म ‘सर्च अपरेसन’मा १८ थान चोरीको मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको थियो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको