Like us!
Follow us!
Connect us!
Watch us!

डाट्सनको 'प्रि–बजेट' अफर, कस्ता छन् सुविधा ?

कमला भुसाल

बुधबार, ०८ जेठ २०७६, ११ : ३० मा प्रकाशित

डाट्सनको 'प्रि–बजेट' अफर, कस्ता छन् सुविधा ?

अर्थ संसार, काठमाडौं- डाट्सनका गाडीको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्प प्रालिले 'प्रि–बजेट' अफर सञ्चालन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट घोषणाले ग्राहकलाई मूल्य वृद्धिको भार नपरोस् भनी कम्पनीले विभिन्न छुट सुविधासहित प्रि–बजेट अफर ल्याएको जनाएको छ । नेपालभर सीमित अवधिका लागि लागू गरिएको योजनामा ग्राहकले विभिन्न ८ आकर्षक सुविधा प्राप्त गर्ने कम्पनीको भनाइ छ । 

योजनाअन्तर्गत ग्राहकले डाट्सन गाडीको खरिदमा छुटका साथै निःशुल्क एसेसरिज, तत्काल फाइनान्सको सुविधा, तत्काल पुरानो गाडीको उच्च मूल्यांकनसहित एक्स्चेन्ज सुविधा पाउनेछन् । साथै, टेस्ट ड्राइभमा निःशुल्क उपहार, १ वर्षसम्मको निःशुल्क सवारी कर, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङको सुविधा पाउनेछन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको