Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

कमला भुसाल

बुधबार, ०८ जेठ २०७६, १० : ४४ मा प्रकाशित

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार, काठमाडौं- साताको चौथों दिन आज बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ५९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छापवाला सुनको मूल्य आज १०० रुपैयाँले घटेर ५९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।  

त्यसैगरी आज तेजाबी सुनको मूल्य ५९ हजार १०० रुपैयाँमा कारोबार भएको छ।  महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५० हजार ९२५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार ६७० रुपैयाँ कायम गरेको छ।  

त्यस्तै आज चाँदीको मूल्य भने ७०५ रुपैयाँमा कारोबार भएको छ।  महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६०४ रुपैयाँ ५० पैसा कायम गरेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको