Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकका थप दुई नयाँ शाखा विस्तार

कमला भुसाल

मंगलबार, ०७ जेठ २०७६, १६ : २६ मा प्रकाशित

लक्ष्मी बैंकका थप दुई नयाँ शाखा विस्तार

अर्थ संसार, काठमाडौं- लक्ष्मी बैंकले प्रदेश ५ मा थप दुई वटा शाखा कार्यालय विस्तार गरेको छ । बर्दियाको गुलेरिया र दाङको तुल्सीपुरमा बैंकले शाखा कार्यालय विस्तार गरेको हो । यी शाखा विस्तार भएसँगै प्रदेश ५ मा बैंकको शाखा संख्या १२ पुगेको बैंकले जनाएको छ ।

उक्त शाखाहरु मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हाल बैंकले ४७ जिल्लामा १ सय ५ शाखा, १ सय २७ एटीएम, २ एक्सेन्शन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर र ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु मार्फत सेवा उपलब्ध गराउँदै आएको छ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको