Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको २५औँ वार्षिकोत्सवको अवसरमा नागरिक अभिनन्दन कार्यक्रम

कमला भुसाल

मंगलबार, ०७ जेठ २०७६, १५ : ४६ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको २५औँ वार्षिकोत्सवको अवसरमा नागरिक अभिनन्दन कार्यक्रम

अर्थ संसार, काठमाडौं– महालक्ष्मी विकास बैंक २५औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले आफ्ना ९३ वटै शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरी २५औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको छ ।

दरबारमार्ग, काठमाडौँस्थित बैंकको केन्द्रीय कार्यालयले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा दरबारमार्गबाट भद्रकाली, न्यूरोड, असन र पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले काठमाडौँ महानगरीय प्रहरी वृत, दरबारमार्गका प्रमुख शिव घिमिरलाई प्रभातफेरीमा सुरक्षा व्यवस्थापन गरिदिएकोमा विशेष धन्यवाद दिँदै उनीलगायत प्रतिनिधि प्रहरीहरुलाई फ्लोरेसेन्टज्याकेट वितरण गरे । 

साथै बैंकको प्रधान कार्यलयमा रजतजयन्तीको सुखद उपलक्ष्यमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय तथा सञ्चालक सदस्यहरु रुपेन्द्र पौडेल, राजेश रौनियारको पनि उपस्थिति रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको