Like us!
Follow us!
Connect us!
Watch us!

स्वीकृति लिएका प्रणालीमा बाहेक भुक्तानी नगर्न राष्ट्र बैंकको आग्रह

कमला भुसाल

मंगलबार, ०७ जेठ २०७६, १३ : ०३ मा प्रकाशित

स्वीकृति लिएका प्रणालीमा बाहेक भुक्तानी नगर्न राष्ट्र बैंकको आग्रह

अर्थ संसार, काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आधिकारिक रूपमा स्वीकृति पाएका भुक्तानी प्रणालीबाहेक अन्य कुनै पनि प्रणालीबाट भुक्तानी नगर्न/नगराउन आग्रह गरेको छ । 

बैंकका कामु कार्यकारी निर्देशक सिरता भट्ट अधिकारीका अनुसार विदेशी पेमेण्ट सिस्टमसँग आबद्ध भएको क्यूआर कोड, पोओएस मेशिन वा अन्य भुक्तानी प्रणाली प्रयोग गर्दा आधिकारिक रूपमा स्वीकृति लिएको हो वा होइन भन्ने स्पष्ट हुन आग्रह गरिएको छ ।

केन्द्रीय बैंकको स्वीकृति बिना कसैले अनाधिकृत रूपमा कारोवार गरेमा त्यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कानूनअनुसार कारवाही हुने जनाइएको छ । 

5ce3a6f11a1eb.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको