Like us!
Follow us!
Connect us!
Watch us!

एनबी बैंकको ऋणपत्रमा शुक्रबारदेखि आवेदन खुल्दै

कमला भुसाल

मंगलबार, ०७ जेठ २०७६, १२ : ४८ मा प्रकाशित

एनबी बैंकको ऋणपत्रमा शुक्रबारदेखि आवेदन खुल्दै

अर्थ संसार, काठमाडौं – नेपाल बंगलादेश बैंकले ऋणपत्र बिक्री खुल्ला हुने भएको छ । बैंकले जेठ १० गते (शुक्रबार) देखि २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला  गर्ने भएको हो ।

यसमध्ये ८ लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइनेछ । यसआधारमा सामूहिक लगानी कोषहरुले ४० हजार युनिट पाउनेछन् । बाँकी १२ लाख युनिट भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।  

नेपाल बंगलादेश बैंकले १०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । वार्षिक १०.२५ प्रतिशत ब्याज पाइने यो ऋणपत्र १० वर्षमा परिपक्क हुनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । लगानीकर्ताले प्रतियुनिट १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि अधिकतम १ लाख युनिटसम्म आवेदन दिन सक्नेछन् ।

यो ऋणपत्रमा छिटोमा जेठ १४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने असार ८ गतेसम्म भर्न सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । तर ऋणपत्रमा सर्वसाधारणको चासो भने निकै कम देखिएको छ । यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले औसत जोखिम जनाउने ‘एलबीबीबी प्लस’ रेटिङ दिएको छ ।
 
यो ऋणपत्र बिक्रीबाट आएको रकममध्ये ७० प्रतिशत कर्जा लगानी, १० प्रतिशत लागनी, १० प्रतिशत शाखा बिस्तार र १० प्रतिशत अन्य प्रयोजनका लागि उपयोग हुनेछ । नेपाल बंगलादेश बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ । नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल, काठमाडौंबाट पनि फारम भर्न पाइनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको