Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्दै

कमला भुसाल

मंगलबार, ०७ जेठ २०७६, ११ : ०७ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्दै

अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ।  बैंकले एक सुचना जारी गर्दै सरकारका लागि आन्तरिक ऋण उठाउने लक्ष्यका साथ मंगलबार ६ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्न लागेको जनाएको छ। आज (मंगलबार)  निष्काशन हुने विकास ऋणपत्र २०८७ ’ख’ को अवधि ११ वर्ष रहेको छ।

बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्रमा ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक बित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । अन्य जानकारीका लागि सूचना हेर्नुहोस 

5ce38e881cdf5.png 5ce38e91be536.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको