Like us!
Follow us!
Connect us!
Watch us!

सिंगापुरतर्फ उडिरहेको बिमान चेन्नाई बिमानस्थलमा अवतरण भएपछि

मिलन खड्का

सोमबार, ०६ जेठ २०७६, १२ : ४२ मा प्रकाशित

सिंगापुरतर्फ उडिरहेको  बिमान चेन्नाई बिमानस्थलमा अवतरण भएपछि

अर्थ संसार,चेन्नाई- सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको बिमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई बिमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । 

विमानस्थल अधिकारीहरुले बिमानका पाइलटले बिमानभित्रको कार्गोमा धुँवा देखिएपछि आकस्मिक अवतरण गर्न अनुरोध गरेको बताएका छन् ।

उक्त बिमान तमिलनाडुको ट्रिचीबाट सिंगापुरतर्फ उडेको थियो । बिमानमा १६१ जना यात्रु र चालक दलका सदस्यहरु सवार थिए । बिमानका सबै यात्रु सकुशल रहेको पनि विमानस्थलले जनाएको छ ।

बिमानमा देखिएको समस्याका बारेमा अनुसन्धान शुरु भएको छ ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको