Like us!
Follow us!
Connect us!
Watch us!

तारागाउँ रिजेन्सी होटलको नाफासँगै अन्य सूचकमा पनि चमक

कमला भुसाल

आइतबार, ०५ जेठ २०७६, ११ : ११ मा प्रकाशित

तारागाउँ रिजेन्सी होटलको नाफासँगै अन्य सूचकमा पनि चमक

अर्थ संसार, काठमाडौं- तारागाउँ रिजेन्सी होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको फाइनान्सियल रिपोर्ट सार्वजनिक गरेको छ।

  होटलले चालु आर्थिक वर्षको नौं महिनाको अवधिसम्ममा ३५ करोड ६५ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा तारागाउँले २७ करोड ५४ लाख ५ हजार ७ सय ८ रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा यस वर्ष होटलको नाफा २९ दशमलव ४७ प्रतिशतले बढी हो । 

यस अवधिमा होटलको जगेडा कोषको आकार पनि बढेको छ। गत वर्ष ४१ करोड ५९ लाख ६१ हजार रुपैयाँ जम्मा गरेको होटलले यस वर्ष जगेडा कोषमा ७७ करोड ७७ लाख ७९ हजार रुपैयाँ जागेको छ।  जुन गत वर्षको तुलनामा  ८६ दशमलव ९८ प्रतिशतले बढी हो। 

त्यसैगरी होटलले सेवा बिक्री मार्फत १ अर्ब ४ करोड ४८ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष तारागाँउले सेवा बिक्रीबाट ९१ करोड ५७ लाख ६८ हजार ४२७ रुपैयाँ आम्दानी गरेको थियो । चैत मसान्तसम्म तारागाँउको चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

तारागाउँको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३ पैसाले बढेर १८ रुपैयाँ ९० पैसा पुगेको छ । गत वर्ष यही बेला प्रतिशेयर आम्दानी १४ रुपैयाँ ६० पैसा थियो । तारागाँउको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ७७ पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको