Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य अस्थिर, हेर्नुहोस आज कतिले घट्यो

कमला भुसाल

आइतबार, ०५ जेठ २०७६, १० : ४३ मा प्रकाशित

सुनको मूल्य अस्थिर, हेर्नुहोस आज कतिले घट्यो

अर्थ संसार, काठमाडौं- साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको अन्तिम दिन शुक्रबार प्रतितोला ६० हजार २०० रुपैयाँमा कारोबार भईरहेको छापवाला सुनको मूल्य आज दुई सय रुपैयाँले घटेर प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको छ।  

त्यसैगरी आज तेजाबी सुनको मूल्य ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। शुक्रबार तेजाबी सुनको मूल्य ५९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।  शुक्रबारको तुलनामा आइतबार तेजाबी सुनको मूल्य पनि २०० रुपैयाँले घटेको हो।  

महासंघले आइतबारका लागि प्रति १० ग्राम छापवाला सुनको मूल्य ५१ हजार ४४० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५१ हजार १८५ रुपैयाँ कायम गरेको छ।  

त्यसैगरी आज चाँदीको मूल्य पाँच रुपैयाँले घटेर सात सय १० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९ रुपैयाँ कायम गरेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको