Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

मिलन खड्का

शनिबार, ०४ जेठ २०७६, ०९ : १६ मा प्रकाशित

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

अर्थ संसार, काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । पेट्रोलको साविक मूल्यमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइ समायोजन गरिएको आयल निगमले जनाएको छ ।

हवाई इन्धन र एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत् रहेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्यअनुसार काठमाडौँको खुद्रा बिक्री मूल्य पेट्रोलमा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा ९७ रुपैयाँ कायम भएको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएकाले मूल्य विश्लेषण गरी समायोजन गरिएको उहाँले बताउनुभयो । समायोजनपश्चात् भारतको रक्सौलभन्दा नेपालको वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ६७ पैसा र डिजेलमा १६ रुपैयाँ ६४ पैसा सस्तो भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको