Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमइ बैंकको नाफा ९० करोड

शुक्रबार, १४ माघ २०७३, १६ : ५० मा प्रकाशित

ग्लोबल आइएमइ बैंकको नाफा ९० करोड

अर्थ संसार

काठमाडौं– ग्लोवल आईएमई बैंकले पुस मसान्तसम्म १८ प्रतिशतले नाफा बढाएको छ । बैंकले ९० करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण शुक्रबार सार्बजनिक गरेको छ । बैंकले अघिल्लो बर्ष यही अबधिमा गरेको ७६ करोड २७ लाख रुपैयाँ खुद नाफामा यस बर्ष १४ करोड ३४ लाख रुपैयाँ बढाएको हो । 

यस अबधिमा ग्लोबलले ८४ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ । बैंकले पौष प्रोभिजन गरेको १९ करोड ५० लाख रुपैँया फिर्ता गरेको छ ।

यस अबधिमा बैंकको चुक्ता पूँजी ७ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यस्तै जगेडा कोषमा २ अर्ब ४६ करोड रुपैँया छ । यस्तै  खराव कर्जा अनुपातलाई १.६१ प्रतिशत, प्रति सेयर आम्दानी २५.३५ पैसा प्रति सेयर नेटवर्थ १३४.४२  रुपैँया  र कर्जा निक्षेप अनुपात ७८.४७ प्रतिशत छ ।

588b29fe3f313.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको