Like us!
Follow us!
Connect us!
Watch us!

आइसिटी अवार्ड २०१९ को नोमिनेसन खुला, अनलाइनबाटै आवेदन दिन सकिने

बुधबार, ०१ जेठ २०७६, १० : ५३ मा प्रकाशित

आइसिटी अवार्ड २०१९ को नोमिनेसन खुला, अनलाइनबाटै आवेदन दिन सकिने

अर्थ संसार,  काठमाडौं– सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड २०१९’ को अनलाइन नोमिनेसन जेठ १ गतेदेखि खुला गरिएको छ ।

चौथो संस्करणका रुपमा आयोजना हुन लागिरहेको नोमिनेसन जेठ २५ गतेसम्म दर्ता गर्न सकिनेछ । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी अवार्डको ग्रान्ड फिनाले २०७६ साल साउन ३२ गते काठमाडौंमा आयोजना हुनेछ ।

आइसिटी अवार्ड २०१९ मा यस वर्ष विभिन्न ९ विधामा अवार्ड सञ्चालन हुनेछ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड र डायस्पोरा आइसिटी अवार्ड छन् । यसैगरी यस वर्ष डिजिटल एजुकेसन आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड गरी दुई विधा थप गरिएको छ ।

जेठ १ देखि २५ गतेसम्म अनलाइन नोमिनेसन दर्ता गर्न सकिने आयोजक समितिले जानकारी दिएको छ । यसैगरी असारको पहिलो हप्तादेखि सर्टलिस्ट प्रकाशन गरी छनोटका अन्य अभ्यास सुरु हुने जुरी समूहमा रहेका हेमपाल श्रेष्ठले जानकारी दिए । यस वर्ष पनि १० जनाको जुरी समूह रहनेछ भने ७ जना जुरी सल्लाहकारका रुपमा छन् । अवार्ड कार्यक्रम पारदर्शी र निष्पक्ष हुने आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए ।
यस वर्षको आइसिटी अवार्डका लागि ४ महिना अघिदेखि नै तयारी सुरु गरिएको आयोजकले जनाएको छ । अवार्डको प्रि इभेन्ट क्याम्पियनका रुपमा विराटनगर, बुटवल र नारायणगढमा ‘स्टार्टअप एन्ड इनोभेसन मेला’ आयोजना गरिएको छ ।

स्थानीय स्तरहरुमा विद्यार्थीका प्रोजेक्ट र स्टार्टअप्सका प्रडक्टहरुलाई प्रवद्र्धन गर्दै राष्ट्रिय प्लाटफर्म दिने उद्देश्यले स्टार्टअप मेला आयोजना गरिएको बताइएको छ । अवार्डमा नोमिनेसन दर्ता गर्न आइसिटी अवार्ड डट ओआरजी -https://ictaward.org/award-categories/_ लगइन गर्नुपर्नेछ ।   

अवार्डको कुन विधामा कसले नोमिनेसन दिने ?

चौथो संस्करणका रुपमा आयोजना हुन लागेको आइसिटी अवार्ड २०१९ मा ९ विधा समावेश गरिएको छ । यी विधामा अनलाइन आवेदनका लागि केही नियम पूरा गर्नुपर्नेछ ।

स्टार्टअप आइसिटी अवार्ड २०१९

स्टार्टअप आइसिटी अवार्डमा प्रविधि क्षेत्रका स्टार्टअप कम्पनीहरुले सहभागिता जनाउन सक्नेछन् । प्रविधिको प्रयोग गरेर व्यापार व्यवसाय गरिरहेका र कम्तीमा एउटा आफ्नै प्रडक्ट बजारमा ल्याएका कम्पनीहरुले यसमा सहभागिता जनाउनेछन् । यसका लागि कम्पनी दर्ताको मितिले ३ वर्ष ननाघेको हुनुपर्नेछ । गतवर्षको स्टार्टअप आइसिटी अवार्डमा पिपुल्स डेभलपमेन्ट ल्याबले २५ भन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै अवार्ड जितेको थियो ।

प्रडक्ट आइसिटी अवार्ड २०१९

प्रडक्ट आइसिटी अवार्डमा एक वर्षभित्र सार्वजनिक भएका प्रडक्टहरुलाई सहभागिता जनाउन सकिन्छ । प्रविधि क्षेत्रका प्रडक्टहरु यसमा सहभागी हुन पाउनेछन् । गतवर्ष जेठ १५ गतेदेखि यस वर्ष जेठ १४ सम्म सार्वजनिक हुने प्रडक्टहरुले नोमिनेसन दर्ता गराउन सक्नेछन् । गतवर्ष ३० बढी प्रडक्टलाई पछि पार्दै आइ सोलुसन लाइफले सर्वोत्कृष्टको अवार्ड जितेको थियो ।  

पायोनियर आइसिटी अवार्ड २०१९

यस अवार्ड आइसिटी क्षेत्रका प्रबुद्ध र अग्रजहरुका लागि गरिने सम्मान हो । अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसरका रुपमा मनाइने आइसिटी अवार्डमा पायोनियर अवार्ड सबैभन्दा सम्मानित अवार्ड हो । कम्तीमा १५ वर्षभन्दा बढी आइसिटी क्षेत्रमा योगदान दिएका व्यक्तिले यस अवार्डमा नोमिनेसन दर्ता गर्न सक्नेछन् । अवार्डमा अरु जोकोहीले पनि कसैको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेसन दर्ता गर्न सकिनेछ । गतवर्ष १५ जनाभन्दा बढीको नोमिनेसनबाट सञ्जीवराज भण्डारीले पायोनियर अवार्ड प्राप्त गर्नुभएको थियो ।

आन्टरप्रेनर्स आइसिटी अवार्ड २०१९

उद्यमशीलतालाई प्रवद्र्धन गर्ने प्रयासस्वरुप यो विधाको अवार्ड समावेश गरिएको हो । आइटी क्षेत्रमा योगदान दिइरहेका र सफलता हासिल गरिरहेका व्यक्तिहरुका लागि यो अवार्ड आयोजना गरिन्छ । कम्तीमा पाँचभन्दा बढी वा त्योभन्दा बढी समय यस क्षेत्रमा योगदान दिएका व्यक्तिहरुले यस अवार्डमा नोमिनेसन दर्ता गर्न सक्नेछन् । यसका लागि अन्य जोकोहीले पनि कसैको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेसन दर्ता गर्न सक्नेछन् । गतवर्ष एफ वान सफ्टका विश्वास ढकालले २० जनाभन्दा धेरैको नोमिनेसनबाट उत्कृष्ट हुँदै आन्टरप्रेनर्स अवार्ड प्राप्त गरेका थिए ।

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०१९

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी संस्था, विभाग वा कार्यालयहरुले प्राप्त गर्ने अवार्ड हो । सबैभन्दा राम्रोसँग प्रविधिको प्रयोग गरी जनतालाई सजिलो, छिटो र भरपर्दो सेवा प्रदान गर्ने सरकारी संस्थालाई यस अवार्डबाट सम्मानित गरिएको थियो । गतवर्ष १० भन्दा बढी प्रतिस्पर्धीहरुलाई पछि पार्दै नेपाल प्रहरीले यो अवार्ड प्राप्त गरेको थियो ।

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०१९

विदेशमा रहेर पनि नेपालको आइटी क्षेत्रमा विशेष योगदान दिइरहेका व्यक्तिहरुका लागि समर्पित यो अवार्डको लोकप्रियता विदेशमा पनि बढ्दै गएको छ । धेरैले चासो नराखेको तर महत्वपूर्ण यस विधाको अवार्डमा गतवर्ष १२ भन्दा बढी देशबाट नोमिनेसन दर्ता भएको थियो । गतवर्ष लिपफ्रङ कम्पनीका हिमाल कर्माचार्यले यो अवार्ड प्राप्त गरेका थिए ।

राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०१९

आइटी तथा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले बनाएको प्रडक्टका आधारमा यो अवार्ड प्रदान गरिनेछ । यस वर्ष डिजिटल नेपालको थिममा रहेर विद्यार्थीले प्रोजेक्ट विकास गरी नोमिनेसन दर्ता गर्न सक्नेछन् । डिजिटल नेपालको थिममा बसेर बनाएका प्रोजेक्टलाई अनलाइनमार्फत भिडियोसहित आवेदन दिनुपर्नेछ ।

डिजिटल एजुकेसन आइसिटी अवार्ड २०१९

सूचना प्रविधिलाई अधिकतम प्रयोग गरी शिक्षण पद्धतिमा सुधार ल्याएका स्कुल तथा सामाजिक संस्थाहरुलाई यो अवार्डबाट सम्मान गरिनेछ । यसमा सरकारी स्कुल तथा इन्स्टिच्युसनहरुले सहभागिता जनाउन सक्नेछन् । यसका लागि अनलाइनमा आवेदन दर्ता गर्नुपर्नेछ ।

मिडिया रिकग्निसन आइसिटी अवार्ड २०१९

मिडियामा कार्यरत मिडियाकर्मीहरुका लागि यो सम्मान प्रदान गरिन्छ । सूचना प्रविधि बिट बनाएर मिडियामा रिपोर्टिङ तथा लेखरचना प्रकाशन गर्ने पत्रकारहरुका लागि यो अवार्ड हो । यसका लागि पनि अनलाइबाट नोमिनेसन दर्ता गर्नुपर्नेछ ।

अवार्डको नोमिनेसनका लागि जततउकस्ररष्अतबधबचम।यचन मा गएर अनलाइन आवेदनमा क्लिक गरी विधा छानेर आवश्यक उल्लेख गरिएको फारमा जानकारी र डकुमेन्ट सबमिट गरेर नोमिनेसन दर्ता गराउन सकिनेछ ।

5cdba0d037643.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको