Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार बलियो बन्दै, ‘‘होल्डीङ पिरियड’’ कम हुँदा सूचकमा दबाव

आइतबार, २९ बैशाख २०७६, १८ : २० मा प्रकाशित

शेयर बजार बलियो बन्दै, ‘‘होल्डीङ पिरियड’’ कम हुँदा सूचकमा दबाव

पुँजी बजारमा पछिल्ला केही कारोबारहरुमा सूचक हरियो देखियो ।  सुचकसंगै कारोबार रकममा पनि सुधार आयो । तर अल्पकालीन कारोबार हावि हुँदा बजारको लय  माथि जान सकेको छैन्। यद्यपी बजारमा ११ सय विन्दुको दरिलो टेवा मिलेको छ ।

 एतिहासिक १८८१ विन्दु चुमेर वियरिस लय समातेको शेयर बजारमा लामो समय उतावचढावपुर्ण क्षण पार गरिसक्दा पनि अपेक्षीत सुधार आउन सकिरहेको  छैन् ।  उच्ततम विन्दुमा बजार प्रबेश गरेका लगानीकर्ताहरु बजारमा देखिएको लामो वियरिस  ट्रेण्डले थलीएका छन् । केही लगानीकर्ताहरु घाटामै शेयर बेचेर बाहीरिए पनि बजारको लय सुधारीने आशमा आफ्नो पोर्टफोलीयो होल्ड गरेर बसेका लगानीकर्ताहरुको सङख्या धेरै रहेको देखिन्छ । अझ बजारको उच्च विन्दुमा शेयर खरिद गरेका लगानीकर्ताहरुको पोर्टफोलीयो हकप्रद र बोनश शेयर समायोजन गरेपछि पनि लसमा रहेको छ ।

तसर्थ, बजारमा देखिएको ग्रिन सिंग्नलले उनिहरुलाई केही राहत मिले पनि बजारको गतिलाई हेर्दा तत्काल लगानी सुरक्षीत गर्ने सम्भावना भने कम छ । बजारमा घट्ने र बढ्ने चक्रलाई सामान्य मानिए पनि बजारमा देखिएकोे लामो  मन्दीले धेरैमा दवाव सृजना भएको छ ।

पुँजिबजारलाई  कम्युनिष्ट नेतृत्वले लगाम लगाउछ भन्ने हल्लाकै कारण लामो समय खस्किएको बजारलाई सुरुवाती चरणमा  केपि ओलीले आश्वस्त पार्न खोजेपछि केही सम्हालीएको थियो। यद्यपी वामपन्थी नेतृत्व संग बजारले देखाउने मनोविज्ञान तथ्यगत रहेको पाईदैन्।

कसिलो ब्याजमा मार्जीन लेण्डीङ लिएका लगानीकर्ताहरु अहिले ट्रयापमा परेका छन्। पछिल्लो विकशित राजनैतीक घटनाक्रमले पनि बजारलाई प्रभावित पारेको देखिन्छ। मओवादी केन्द्र  र नेकपा एमाले लगायतका दलहरुले बलियो कम्युनिष्ट केन्द्र बनाउने दिर्घकालीन लक्ष्य सहित चुनावी तालमेलको घोषणा गरेपछि लगानीकर्ताहरु नराम्रोसंग विच्कीन पुगे ।

पुँजिबजारलाई  कम्युनिष्ट नेतृत्वले लगाम लगाउछ भन्ने हल्लाकै कारण लामो समय खस्किएको बजारलाई सुरुवाती चरणमा  केपि ओलीले आश्वस्त पार्न खोजेपछि केही सम्हालीएको थियो। यद्यपी वामपन्थी नेतृत्व संग बजारले देखाउने मनोविज्ञान तथ्यगत रहेको पाईदैन्।

किनकि वामपन्थी पार्टीहरुका घोषणापत्र तथा योजनाहरुमा  शेयर बजारलाई अंकुश लगाउने कुनै निती कार्यक्रमहरु छैनन्। बरु यस अघिका वामपन्थी सरकारको पालामै शेयर बजारमा फड्को आउने गरेको थियो। पछिल्लो समय १८८१ को एतिहासिक रेकर्ड पनि केपि ओलीले सरकारको नेतृत्व गर्दा नै पुगेको थियो । त्यसकारण बजारमा देखिएको  पछिल्लो वामपन्थी फोवियोमा लगानीकर्ताको कमजोर मनोविज्ञानले भुमिका खेलेको देखिन्छ ।

राष्ट्रबैकं, विमा समिती जस्ता नियामकहरुको पुजिबृद्धीे नितिले  सुचिकृत कम्पनीहरुले भारी मात्रामा हकप्रद , एफपिओ तथा बोनस सेयर वितरण गरेपछि बजारमा सेयरको सङख्या धेरै गुणा बढेको छ।

अर्थमन्त्री युवराज खतिवडाले पुँजी बजारको विकाश र विस्तारमा नियामक निकायलाई सक्रिय रहन पटक पटक निर्देशन दिएपनि त्यी निकायसंग लगानीकर्ताहरु विश्वस्त बन्न सकिरहेका छैनन् ।

त्यस्तै राष्ट्र बैकंले तरलता अभाव समाधान भयो भनेर भनिरहदा बैकं तथा वित्तिय संस्थाहरुले सेयर कर्जा सहज रुपमा प्रवाहा नगर्दा पनि त्यसको असर बजारमा परेको देखिन्छ । त्यसैगरि ब्याजदरमा अपेक्षीत कमी आउन नसक्दा चर्को ब्याजदरमा लगानी गर्न लगानीकर्ताहरु हच्कीरहेका छन्।

बजारमा अल्पकालीन लगानीकर्ताहरु हावि हुनु, ठुला तथा संस्थागत लगानीकर्ताहरुले रक्षात्मक लगानी गर्नु , नया लगानीकर्ता भित्रिन नसक्नु ,अनलाईन प्रणाली प्रभावकारी बन्न नसक्नु, मार्केट मेकरको अभाव, एनआरएनहरु बाट  लगानी गर्ने  वातावरण बन्न नसक्नु जस्ता कारणहरुले पनि बजारमा उत्साहा आउन सकेको छैन्। लगानीकर्तामा सेयर शिक्षाको अभावले देखिएको अन्यौलता र कमजोर मनोविज्ञानले पनि बजारमा सकारात्मक वातावरण बन्न सकेको छैन्।

तर, बजारमा लामो समय प्यानीक अबस्था आउनुका पछाडी माग र आपुर्तीको असन्तुलन नै प्रमुख कारक तत्व रहेको पाईन्छ। राष्ट्रबैकं, विमा समिती जस्ता नियामकहरुको पुजिबृद्धीे नितिले  सुचिकृत कम्पनीहरुले भारी मात्रामा हकप्रद , एफपिओ तथा बोनस सेयर वितरण गरेपछि बजारमा सेयरको सङख्या धेरै गुणा बढेको छ। लाखौ कित्ता नयाँ सेयरहरु सेयर बजारमा थपिएका छन्। यसले स्वतःबजारमा सेयरको आपुर्ती बढाएको छ। तर त्यस अनुसारको माग सृजना हुन सकिरहेको छैन्।

यसरि माग भन्दा आपुर्ती हावि हुदा बजार स्वभाविक रुपमा कमजोर देखिएको छ। बजार विस्तार अन्तरगत देशका मुख्य शहरहरुमा ब्रोकरका शाखाहरु खोलीए पनि त्यी पर्याप्त छैनन्। ब्रोकर शाखा खोले पनि त्यहा नियामकहरुबाट सेयर बजार सम्बन्धी जनचेतना जगाउने, सेयरमा लगानी गर्न प्रोत्साहन गर्ने जस्ता काम नहुदा लगानीकर्ताहरु अलमलमा परेका छन्। तसर्थ बजार बलीयो बनाउनको निम्ति माग सृजना गर्ने काम सरकार तथा सरोकारवाला निकायको प्रमुख प्राथामिकतामा पर्नु जरुरी छ। जसको लागि देशैभरीबाट सेयर कारोबार गर्न सक्ने संयन्त्रको विकाश गर्नु जरुरी छ । स्वचालीत प्रणाली लगायतका अन्य प्राविधिक , भौतीक तथा नितिगत सुधारका कामहरुमा सरकारले चासो देखाउनै पर्छ ।

 देश राजनैतीक परिबर्तन पछि आर्थीक समृद्धीको यात्रामा अगाडी बढीरहदा देशमा पुजि निर्माण तथा परिचालनको मुख्य चेम्बरको रुपमा रहने पुजिबजारको विकाशविस्तार र विविधिकरण मा सरकार गम्भिर बन्नुपर्ने देखिन्छ । बजार घढ्नु वा बढ्नु पुजिबजारको शुन्दरता हो।

त्यसैले बजार घट्दैमा आत्तीहाल्नुपर्ने त होईन तर पछिल्लो समय बजार कमजोर बन्नुमा सहायक कारणहरु अरु देखिए पनि प्रमुख कारण  अधिक आपुर्ती नै हो। बजारमा हकप्रद एफपिओ र साधारण सेयरहरु पर्याप्त मात्रामा निश्काशन हुने क्रमजारी रहेकोले दोस्रो बजारमा जाने लगानीको केही हिस्सा सार्बजनीक निश्काशनमा गएको देखिन्छ। नेपालको पुजिबजार मा हल्लाले तथ्यलाई सधै प्रभावित गर्ने गरेको छ । अहीले पनि सामाजिक सञ्जालमा आउने  अफवाहहरुले लगानीकर्तालाई त्रसित पारेको देखिन्छ ।

पुँजी बृद्धी योजनाको समय सिमा सकिए संगै लगानीकर्तामा अब कम्पनीहरुले बोनश तथा हकप्रद सेयर दिदैन्न भन्ने मनोविज्ञानले बजारप्रतीको आकर्षण घटेको अनुमान गर्न सकिन्छ । किनकि नेपाली लगानीकर्ताहरु नगद भन्दा बोनस लाभांसमा बढी आकर्शीत हुने प्रबृती छ । बजार विस्तार र विविधिकरणमा नियामकको सुस्तताले बजारमा प्रतिकुल प्रभाब परेको देखिन्छ । त्यस्तै नियामकहरु विच आपसी समन्वयको कमि देखिदा त्यसको असर बजार विकाशमा बाधा देखिएको छ ।

बजार यसरी कमजोर बन्नुमा नेपाली पुजिबजारमा देखिएको प्रबृतीगत समस्यालाई पनि लिन सकिन्छ । नेपाली पुँजिबजारको मनोविज्ञान सिधा रेखामा जाने गरेको पाईन्छ । बजार बढेपछी लगानीकर्ताहरु हौसीएर वास्तविक मुल्यभन्दा पनि माथी गएर सेयर किन्ने प्रबृती छ । त्यती बेला बजारको मनोविज्ञान बजार अझै बढ्छ भन्ने किसिमको रहने गरेको छ । भने जब बजार घट्न थाल्छ अधिकाशं लगानिकर्ताहरु अतालीने गरेको पाईन्छ । बजार घट्न थालेपछि अझै घट्छ कि भन्ने चिन्ताले बजारमा लगानीकर्ताहरुले सेयर धमाधम बेच्ने हुँदा मार्केट डेफ्टमा चाप पर्ने गरेको छ।

अन्त्यमा पछिल्लो समयको बजारको सुस्तता हेर्ने हो भने अहिलेको बजार लाई सन्तुलनमा ल्याएर दरिलो बनाउनको लागि अब साना लगानीकर्ताले मात्र सम्भव नहुने देखिएको छ । किनकि बजारमा सेयरको आपूर्ती यति धेरै भएको छ कि त्यसलाई साना र ब्याक्तिगत लगानिकर्ताले मात्र धान्न सम्भव नै छैन्। जसको लागि संस्थागत तथा ठुला लगानिकर्ता बजारमा प्रबेश गर्नुपर्ने देखिएको छ । त्यसको साथै दिर्घकालीन लगानी बजारमा आबस्यक रहेको छ । बजार परिपक्क बनाउनको लागि मार्केट मेकरको आबस्यकता देखिएको छ। बजारलाई अहिलेको डेन्जर जोनबाट पार लगाउनको लागि अब काठमाण्डौ को बजारले मात्र सम्भव नै छैन्।

बजारको आपुर्ती अत्याधिक भएकोले मागको लागि अब देशभर जानुपर्ने देखिएको छ।जसको लागि अनलाईन प्रणाली नै प्रभावकारी विकल्प हुन सक्छ।  बजारमा सेयर साक्षारताको अभावले पनि जोखिम बढ्दै गएकोले सरकारले आधिकारीक परामर्शदातालाई बजारमा ल्याउनका लागि नितिगत ब्याबस्थागर्नु जरुरी छ । वा अहिलेका सेयर ब्रोकरलाई पनि परामर्शदाताको पनि थप भुमिका दिनु आबस्यक छ । त्यस्तै बढ्दो आपुर्तीलाई ब्याबस्थापन गर्नको निम्ति गैर आबासिय नेपालीलाई बजारमा लगानी गर्न सक्ने वातावरण बनाउनु आबस्यक छ । मुख्य कुरा बजारलाई प्राकृतीक लयमा वहन दिनु आबस्यक छ। त्यसको लागि नितिगत तथा प्राविधीक सुधारमा ध्यान केन्द्रित गर्नु आबस्यक छ ।

११ सय  विन्दुको दरिलो मनोबैज्ञानीक रेखाको आड पाएको नेप्से अहिले करिब १३ सय विन्दु नजिक रहेको छ । सुचक घटेपनि कारोबार रकममा सुधार आउन थालेको छ । यसले बजारमा केही सकारात्मक संकेत गरेको छ । यद्यपी पछिल्लो समय नाफा सुरक्षित गर्ने लगानीकर्ताको रणनीतीले नेप्सेमा केहि दवाब सृजना भएकोे अनुमान गर्न सकिन्छ।
                                                  

 

 

 

 

 

 

                           

 


              

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको