Like us!
Follow us!
Connect us!
Watch us!

साईला माया नलाम भो भन्दै बेनिशा

शुक्रबार, २७ बैशाख २०७६, २० : ४८ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ - बसन्त सापकोटाको शब्द, संगीत तथा स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक "साईला माया नलाम भोु" बोलको गीतमा बसन्तसँगै बेनिशा पौडेलको पनि स्वर रहेको छ । बेनिशाले यस अघि "आँखैमा लगाउने गाजलु सकियो" बोलको गीत गाएकी थिइन् ।

यस गीतबाट आफू निकै आशावादी रहेको बसन्त सापकोटाले बताए । उनले भने, "मेरो धेरै गीतहरुलाई दर्शक(स्रोताले रुचाउनु भएको छ । यस गीतमा पनि मैले निकै मेहनत गरेको छु । आशा छ, यस गीतलाई पनि उहाँहरुले मन पराउनु हुन्छ ।"/

त्यस्तै गायिका बेनिशा पनि यस गीतलाई लिएर निकै उत्साहित छिन् ।   
शान थापाको निर्देशनमा बनेको भिडियोमा गायिका बेनिशा र प्रदीप बास्तोलाको अभिनय रहेको छ । राजीव रमरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।
सार्वजनिक उक्त गीतमा बुद्ध स्याङ्बाको एरेन्ज रहेको छ भने गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।

हेर्नुहोस् गीत 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको