Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डले आज फेरी बिहे गर्दै

विहीबार, २६ बैशाख २०७६, १४ : २२ मा प्रकाशित

प्रचण्डले आज फेरी बिहे गर्दै

अर्थ संसार, काठमाडौं– नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज  फेरि विवाह  गर्दैछन ।

अध्यक्ष प्रचण्ड तथा उनका धर्मपत्नी सीता पौडेलबीच विवाह भएको ठीक ५० वर्ष पुगेको सुनौलो वर्षगाँठको यो अवसरमा प्रचण्ड–सीता दम्पत्तिबीच पुनः सिन्दुर हालेर विवाहको कार्यक्रम आज बेलुकी ५ बजेतिर सम्पन्न हुने कार्यक्रम रहेको छ ।

प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको थियो ।   प्रचण्ड निकट स्रोतकाअनुसार पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आउने गरेको छ ।

यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको